रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले रुपन्देहीको सियारी गाउँपालिकामा बृहत स्वास्थ्य शिविर गर्ने भएको छ । सियारी गाउँपालिकाका प्रमुख थानेश्वर घिमिरे तथा स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर जिसीसहित शनिबार बसेको क्लवको नियमित बैठकले यहि साउनको १९ गते शनिबार सियारी गाउँपालिका वडा नं. ४ छपिया चोकमा रहेको पब्लिक माध्यमिक विद्यालयमा बृहित स्वास्थ्य शिविर गर्ने निर्णय गरिएको क्वलका अध्यक्ष देवीराम पाण्डेले जानकारी दिनुभयो ।
रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको आयोजना तथा रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देही, तिलोत्तमा देवदह र तिलोत्तमा शुद्धोधनको सह आयोजनामा हुने शिविरमा बुटवलको एडमण्ड सिटि अस्पतालको प्राविधिक सहयोग तथा सियारी गाउँपालिकाको सहकार्य हुने छ ।
स्वास्थ्य शिविरमा जनरल फिजिसियन, महिला स्त्री तथा प्रसुती रोग बिशेषज्ञ, हार्डजोर्नी, मेरुदण्ड तथा नशारोग विशेषज्ञ, दन्त तथा नेत्र रोग बिशेषज्ञ लगायतका चिकित्सक सहभागि हुने क्लवका हेल्थ कमिटी चियर राजु गुरुङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार १० भन्दा बढी बिषयगत चिकित्सकले स्वास्थ्य परिक्षण गर्नेछन् ।
स्वास्थ्य शिविरमा क्लवका सदस्य समेत रहनुभएका जनरल फिजिसियन डा. नन्दु पाठक, क्लवका सदस्य स्त्री तथा प्रसुति रोग बिशेषज्ञ सतिस रुपाखेती सहित हार्डजोर्नी, मेरुदण्ड नशा, बाथ रोग, स्पाइनल तथा जोर्नी प्रत्यारोपण बिशेषज्ञका रुपमा प्रा. डा. प्रकृतिराज कडेल, पेट, छाती मुटु रोग बिषेशष एव जनरल फिजिसियन डा. केशवराज शर्मा, जनरल तथा ल्याप्रोस्कपी सर्जन डा. कमल कार्की, डा. चन्द्रमोहन शाह, डा. रुची गूप्ता लगायतका बिशेषज्ञ चिकित्सकको उपस्थिती रहने छ ।
बृहत स्वास्थ्य शिविरका बिषयमा आयोनजा गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सियारी गाउँपालिकाका प्रमुख थानेश्वर घिमिरेले सियारी गाउँबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य शिविरको आयोजना गर्न लागेकोमा क्लवलाई धन्यवाद दिनुभयो । स्वास्थ्य शिविरमा पालिकाको तर्फबाट पूर्ण साथ सहयोग रहने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पालिकाबासीलाई शिविरमा आएर त्यसबाट लाभ लिन पनि आह्वान गर्नुभयो ।
कार्यक्रममा क्लवका पुर्वअध्यक्ष बालकृष्ण अर्याल, गोपाल ज्ञवाली उपाध्यक्ष निराजन पोखरेल, डा. सतिष रुपाखेती, रोट्रयाक क्लवका अध्यक्ष मोहन खत्री, सन्दिप पौडेल, दिनेश गैरे लगायतले शिविर सञ्चालनका बिषयमा भनाई राख्नुभएको थियो ।
रोटरी अन्तर्राष्ट्रिय बार्षिक क्यालेन्डर अनुसार जुलाई महिना मातृत्व तथा शिशु स्वास्थ्यको महिना हो । सोही अनुसार क्लवले महिला शिशु स्वास्थयसँगै बृहत स्वास्थ्य शिविरको आयेजना गरिएको क्लवका सचिव अर्जुनप्रसाद आचार्यले बताउनु भयो ।