नारायणगढ–मुग्लिन सडकमा पर्ने सीमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएको दुई वटा बस अझै भेटिएका छैनन् । त्रिसुलीमा वेपत्ता बस खोजीका लागि भारतबाट आएको १२ जनाको टोली बस नभेटिएपछि आईतबार फर्किएको छ । उक्त टोली असार २८ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो ।
लगातार ८ दिनसम्म अत्याधुनिक प्रविधिसहित त्रिशूलीका विभिन्न ठाउँमा खोज्दा पनि नभेटिएपछि भारतबाट आएको टोली फर्किएको हो । भारतीय टोली फर्किए पनि नेपाली उद्धार टोलीको खोजी कार्य जारी छ । गएको असार २८ गते चितवन महनगरपालिका–२९, सीमलतालमा गएको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर २ वटा यात्रुबाहक बस बेपत्ता छन् ।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूलीमा पु¥याएको थियो ।
तर, १७ दिनसम्म विभिन्न उपकरणसहित खोजी कार्य जारी राख्दासमेत हराएका २ वटै बस भेटिएका छैनन् । दुबै बसमा रहेका कुल ६५ यात्रुमध्ये ३ जना हामफालेर बाँचेका छन् भने अहिलेसम्म २० जनाको शव भेटिएको छ । त्यसमध्ये ४ जनाको शव अझै सनाखत हुन सकेको छैन । बसमा सवार बाँकी यात्रुको अवस्था अझै अज्ञात छ ।