लायन्स शान्तीदिपद्वारा सिर्जनशिल संस्थालाई खाद्यान्न प्रदान

1.3K

लायन्स शान्तीदिपद्वारा सिर्जनशिल संस्थालाई खाद्यान्न प्रदान

लायन्स क्लव अफ बुटवल शान्तीदिपले तिलोत्तमा नगरपालिका वाड न ७ भलवारीमा रहेको महिला बालबालिका यौनिक तथा लैङ्गिक अल्पसंख्यक सम्बन्धी काम गर्ने संस्था सिर्जन शिल संस्था नेपाललाई खाद्यान्न सहयोग गरेको छ । क्लवका सदस्य रेशम बन्जाडेका कान्छा सुपुत्र आरोप बन्जाडे र क्लवका सदस्य बिष्णु कुवरको जन्मदिनको अवसर पारेर क्लबले उक्त संस्थालाई शनिबार खाद्यान्न प्रदान गरेको हो ।
कार्यक्रममा लायन्स डिष्ट्रिक गभन पुरुषोत्तमभक्त प्रधानाङ्गले संस्थाका अध्यक्ष बिजु पौडेललाई खाधान्न हस्तान्तरण गर्नुभयो । २०५४ सालमा स्थापना भएको सिर्जन शिल संस्था नेपालले बेसाहारा महिला तथा बालबालिकाको उत्थानको काम गरिरहेको छ । साथै संस्थाले दातृ संस्था (युएनडिपि)को सहकार्यमा बाताबरण सम्बन्धी सचेतनामुलक कार्यक्रम समेत गरिएको संस्थाकी अध्यक्ष बिजु पौडेलले बताउनु भयो ।
सिर्जनसिल नेपालले महिलाको रजोनिवृत सम्बन्धी तालिम र वातावरण मैत्री तथा पुन प्रयोग गर्न मिल्ने प्याड उत्पादन गरि निम्न आय भएका महिलालाई वितरण समेत गर्ने गरेको छ । जस अन्तर्गत गत बर्ष रुपन्देहीका बिभिन्न पालिकामा वितरण गरिएको अध्यक्ष पौडेलले बताउनु भयो । बिगतमा भाडा तिरेर बाल आश्रम सञ्चालन गरेको सिर्जनशिल नेपालले साउन देखि आफ्नो भवनमा सरेको छ ।
तिलोत्तमा नगरपालिकाले दिएको दुइ कठ्ठा जग्गा स्थानीय सुकुम्बासीले अतिक्रमण गरेपछि सिर्जनशीलले २०७९ सालमा महायज्ञ संचालन गरि जम्मा गरेको ३५ लाख र अरु रकम बैंकबाट ऋण लिएको र बिभिन्न श्रोत उपयोग गरेर संस्थाले आफ्नै भवन खरिद गरेको हो । सरकारी निकाय अन्तर्गत गत बर्ष बुटवल नगरपालिकाले दुइ लाख र तिलोत्तमा नगरपालिकाले एक लाख रुपैया आर्थिक सहयोग गरेका थिए । तिलोत्तमा नगरपालिका पुर्ण रुपमा बालमैत्री नगरपालिका भए पनि यस संस्था बाट संचालित कार्यक्रममा कुनै प्रकारको अपनत्व लिन र नगरपालिका अभिभावकिय भुमिका दिन चुकेको अध्यक्ष पौडेलको गुनासो गर्नुभयो ।
४५ जना आजिवन सदस्य समेत भएको सिर्जनशील नेपाल स्थानीय समुदायको सहभागीता र बाल विवाहबाट प्रभावित महिलाद्वारा स्थापित संस्था हो । हालसम्म यसले दुइ सय पचास जना बालवालिकालाई उद्धार गरिसकेको छ भने हाल २६ जना बालबालिकाको रेखदेख गरिरहेको छ ।
कार्यक्रममा लायन्स फष्ट भाईस डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, डिष्ट्रिक सेक्रेटरी माधव खनाल, डिष्ट्रिक पिआरओ एकदेव बस्याल, एरिया चिफ दिपक श्रेष्ठ, शान्तिदिपका संस्थापक अध्यक्ष तथा रिजन चेयरप्रसन बाबुराम खनाल लगायतको सहभागिता रहेको थियो । क्लवका अध्यक्ष विशाल पन्थीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मीनारायण खनालले गर्नुभएको थियो भने कार्यक्रम रमेश वञ्जाडेको संयोजनमा भएको थियो ।