रोटरी बुटवल साउथद्वारा सुद्धोधनमा बृक्षरोपण

1.3K

रोटरी बुटवल साउथद्वारा सुद्धोधनमा बृक्षरोपण

रोटरी क्लव अफ बुटवल साउथले रुपन्देहीको सुद्धोधन गाउँपालिकामा पर्ने बरगाहा मन्दिरमा बृक्षरोपण गरिएको छ । क्लवको नियमित बैठकसंगै रोटरी क्लव अफ बुटवल साउथ र रोट्रयाक्ट क्लव अफ तिनाउ सिटीको संयुक्त आयोजनामा त्यस स्थानमा बृक्षरोपण गरिएको हो ।
कार्यक्रममा बोल्दै सुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले बृक्षरोपणले वातावरण तथा पर्यावरणको संरक्षणसंगै पर्या पर्यटनमा समेत टेवा पुग्ने बताउँदै यो अभियानमा जोडिएकोमा क्लवप्रति आभार व्यक्त गर्नुभयो ।
त्यस्तै बरगाहा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर बुढाथोकीले बृक्षरोपण गर्नको लागि आफूहरुको मन्दिर छनौट गरेकामा क्लवलाई धन्यवाद व्यक्त गर्नुभयो । त्यस अवसरमा मन्दिर परिषरमा २५० भन्दा बढी विरुवा रोपिएको क्लवका सचिव अधिवक्ता किशु शर्माले जानकारी गराउनु भयो ।
क्लवका अध्यक्ष ई. दुजेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका अध्यक्ष परिषदका अध्यक्ष ध्रुवकुमार धिताल, क्लवका पूर्व अध्यक्ष टंकनाथ अधिकारी, पूर्वअध्यक्ष डा. के.एन. पाण्डे, सुदिप पौडेल, रोट्रयाक्ट तिनाउ सिटिका अध्यक्ष राजु भुर्तेल लगायतले भनाई राख्नुभएको थियो ।