गाउँपालिका अध्यक्ष कुवँरद्वारा विपन्न तुलसाको उपचारमा आर्थिक सहयोग प्रदान

1.3K

गाउँपालिका अध्यक्ष कुवँरद्वारा विपन्न तुलसाको उपचारमा आर्थिक सहयोग प्रदान

गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले वडा नं. ६ का नेपाली परिवारकी सदस्यको उपचारमा आर्थिक सहायता प्रदान गर्नुभएको छ । पालिका अध्यक्ष कुवँरले मदाने गाउँपालिका वडा नं. ६ घ्युपानी निवासी प्रकाश नेपालीकी श्रीमती २६ वर्षीय तुलसा चुदारा नेपालीको उपचारको लागि २५ हजार रुपैंया आर्थिक सहायता प्रदान गर्नु भएको हो ।
तुलसालाई एपेन्डिसाईटिक्स भएपछि बुटवलका चौराहा अस्पतालमा उपचार भएको र आर्थिक अभावका कारण विरामीलाई डिस्चार्ज समेत गर्न नसक्ने स्थिती देखेर आफूले पालिकाबाट पाउने सुविधा वापतको रकमबाट सहयोग प्रदान गरिएको अध्यक्ष कुवँरले जानकारी गराउनु भयो ।
अध्यक्ष कुवँरले आफू गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि आफूले पाउने सुविधा वापतको रकम पार्टीको छुट्टै खातामा जाने व्यवस्था मिलाउनु भएको छ भने उक्त रकम पार्टी समितिले निर्णय गरेर खर्च गर्ने परम्परा बसाउनु भएको छ ।
सोही अनुसार पार्टी समितिको बैठकले विपन्न नेपाली परिवारलाई उपचारमा सहयोग गर्ने निर्णय गरेको र आईतबार घरमै पुगेर आर्थिक सहयोग प्रदान गरिएको अध्यक्ष कुवँरले जानकारी गराउनु भयो ।