मंगलबार र बुधबार देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना

1.3K

मंगलबार र बुधबार देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना

भोली मंगलबार र पर्सी बुधबार देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ । मौषम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै यो दुई दिन नेपालमा मनसुन सक्रिय हुने सम्भावना भएकोले सतर्कताको लागि गरेको छ । महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
हाल मनसुन न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तर तर्फ र पश्चिममा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको र भोलीदेखि उक्त रेखा नेपाल नजिक सर्ने सम्भावना लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी गराएको हो ।
मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।