लायन्स बुटवल देवीनगरद्वारा बृद्धाश्रममा खाना

1.3K

लायन्स बुटवल देवीनगरद्वारा बृद्धाश्रममा खाना

लायन्स क्लव बुटवल देवीनगरले क्लवका प्रथम उपाध्यक्ष कालिका कार्कीको सासु आमाको दशौ पुन्य तिथिको अवसर पारेर बुटवल उपमहानगरपालिका वडा नं. २ मा रहेको श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु बृद्धाश्रम आश्रीत जेष्ठ नागरिकलाई खाना खुवाईएको छ ।
कार्यक्रममा निबर्तमान डिष्ट्रक गभर्नर अर्जुनमान सैजुले बृद्धहरुलाई खाना खुवाएर क्लवले बास्तविक मानव सेवा गरेको भन्दै क्लवको प्रशंसा गर्नुभयो । कार्यक्रममा क्लवकी अध्यक्ष सर्मिला कुवँर सहित एरिया चारका चिफ कोओर्डिनेटर दिपक श्रेष्ठ, जोन चेयर पर्शन दिपक गौतम, एरिया सचीव अमृता कार्कीका साथै क्लबका संस्थापक अध्यक्ष सहित पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
आगामी दिनमा पनि क्लबले कुनै पनि सदस्यका आफन्त वा कसैको उपलक्ष्यमा हुने खर्चलाई क्लबको संयोजनमा यस्तै सेवाको काममा लगाउने अध्यक्ष कुँवरले बताउनु भयो । कार्यक्रमको संचालन सचिव अन्जु थापाले गर्नुभएको थियो ।