बुटवल मोवाईल संघ रुपन्देहीको अध्यक्षमा अर्याल

1.3K

बुटवल मोवाईल संघ रुपन्देहीको अध्यक्षमा अर्याल

बुटवल मोवाईल संघ रुपन्देहीको अध्यक्षमा शिवदेव अर्याल निर्वाचित हुनु भएको छ । संघको सोमबार बुटवलमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट अध्यक्ष पदमा अर्याल सर्वसम्मत निर्वाचित हुनु भएको हो ।
संघको वरिष्ठ उपाध्यक्ष पदमा विकास गौतम, उपाध्यक्षमा दिपेन्द्र पान्डे, महासचिवमा शालिकराम क्षेत्री, सचिवमा पुरुषाेत्तम खनाल, कोसाध्यक्षमा भुवन पाण्डे र सहकोसाध्यक्षमा ऋषिराम न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा डि.एन. भण्डारी, मुक्ति न्यौपाने, रिषिराम (कमल)पौडेल, श्याम बेल्बासे, कृष्ण आचार्य, राहुल पन्थी, भुवन पाण्डे, गोबिन्द ज्ञवाली, ईश्ववरी घिमिरे, सन्तोष श्रेष्ठ, कृष्ण आचार्य, केशव उपाध्याय, बेदराज अर्याल, निरु अर्याल र नारायणप्रसाद घिमिरेलाई चयन गरिएकाे छ । त्यस्तै संस्थाकाे वरिष्ठ सल्लाहकारमा बिष्णु प्रसाद पौडेल र मानार्थ सदस्यमा राजेन्द्र पाण्डेलाई चयन गरिएकाे छ ।

साधारण सभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल मोवाईल महासंघका कार्यवाहक अध्यक्ष श्यामसुन्दर नगरकोटीले देशभरका व्यबसायीलाई एकजुट गरेर अघि बढ्ने बताउँदै व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकारलाई दवाव दिइने बताउनु भयो ।
त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले मोवाइल संवेदनशिल डिभाइस भएकाले सजग भएर चलाउनुपर्ने बताउनु भयो । त्यसैगरी बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले मोवाईल व्यवसायलाई प्रवद्र्धन गर्नको लागि संघले मिलेर बस्तुगत मोवाई मेला गर्न तयार रहेको बताउँदै त्यसको योजना बनाउन आग्रह गर्नुभयो ।

संघको साधारण सभा तथा अधिवेशनको अवसरमा अण्डर १९ राष्ट्रिय क्रिकेट खेलाडी कृतिका मरासिनीलाई सम्मान गरिएको छ । संघका अध्यक्ष विष्णु ज्ञवाली, प्रनाउ पण्डित, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष अर्यालले सम्मान पत्र सहित दोसल्ला ओढाएर राष्ट्रिय खेलाडी मरासिनीलाई सम्मान गर्नुभएको हो ।
संघका अध्यक्ष बिष्णु ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मोवाईल महासंघका सहकोषाध्यक्ष लभ श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघ मोवाइल बस्तुगत समितिका संस्थापक सभापति एमएल पाण्डे, होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्री लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । त्यसैअवसरमा संघको श्रीबृद्धिमा योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।