रोटरी क्लव अफ बुटवल साउथले रक्तदान कार्यक्रम गरेको छ । क्लवको नियमित कार्यक्रम अन्तरगत शनिबार बुटवलमा रक्तदान कार्यक्रम गरिएको हो । रोट्रयाक्ट क्लव अफ बुटवल साउथ र रोट्रयाक्ट क्लव अफ तिनाउ सिटिसंगको संयुक्त कार्यक्रममा २६ जनाले रक्तदान गरेको क्लवका सचिव अधिवक्ता किशु शर्माले जानकारी गराउनु भयो ।
क्लवका अध्यक्ष दुजेन्द्रकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका अध्यक्ष परिषदका अध्यक्ष ध्रवकुमार धिताल, रोट्रयाक्ट क्लव अफ बुटवल साउथका अध्यक्ष सुदिप पौडेल, रोट्रयाक्ट क्लव अफ तिनाउ सिटिका अध्यक्ष राजु भुर्तेल तथा क्लवका पदाधिकार सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा क्लवका सेवा परियोजना अध्यक्ष ध्रुव केसीले रक्तदानमा सहभागि सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।