लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई ७० जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका छन् । ११ सांसदले मत विपक्षमा मतदान गरे ।
मंगलबार बसेको प्रदेश सभा बैठकमा एमालेका २९ सहित नेपाली काँग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपाका ३, जनमतका ३, जसपाका २, जसपा नेपालका १ र एक स्वतन्त्र गरी ७० सांसदले विश्वासको मत दिएका हुन् ।
मुख्यमन्त्री आचार्यलाई माओवादी केन्द्र सहित राप्रपा, एकिकृत समाजवाद र राष्ट्रिय जनमोर्चाले भने विश्वासको मत दिएनन् । ८७ सदस्य लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका सभामुख सहित ११, राप्रपाका ४, एकीकृत समाजवादीका १ र राष्ट्रिय जनमोर्चाका १ जना सांसाद छन् ।
केन्द्रमा काँग्रेस–एमाले समिकरण बनेपछि लुम्बिनीमा साउन ७ गते एमाले संसदीय दलका उपनेता आचार्य मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । पार्टीले उपनेतालाई मुख्यमन्त्री बनाएपछि संसदीय दलका नेता लिला गिरीले दलको नेताबाट राजीनामा दिनुभएको थियो । उहाँका राजीनामा स्वीकृत गरी पार्टीले आचार्यलाई दलको नेता चयन गरिसकेको छ ।