नेपाल नियमित रक्तदाता संघकाे स्थापना दिवसमा बृक्षराेपण गरिएकाे छ । संघकाे बिसाैं स्थापना दिवसकाे अवसरमा बुटवलकाे डिभिजन सडक कार्यालयसंगै रहेकाे संघकाे केन्द्रीय कार्यालय परिषरमा बृक्षराेपण गरिएकाे हाे ।
बुटवल रक्तदाता बगैचाकाे अवधारणा अनुसार कार्यालय परिषरमा विभिन्न प्रजातीका फलफूलका बिरुवा राेपिएकाे संघका अध्यक्ष दयाबहादुर सिलवालले बताउनु भयाे । कार्यालय परिषरमा निर्माण गर्न लागिएकाे उक्त बगैचामा धुपि, कल्की, क्यानवेरी, स्वामी, सयपत्री, लालुपाते, अमला लगायतका ३५ थान फलफूलका बिरुवा राेपिएकाे कार्यक्रम संयाेजक संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीले जानकारी गराउनु भयाे ।
स्थापना दिवसकै अवसरमा साँझ दीप प्रज्वलन गरिने संघका महासचिव दीपक अधिकारीले बताउनु भयाे ।