नेपाल भूतपूर्व सैनिक संघ तिलोत्तमाको नगर अध्यक्षमा नरबहादुर कार्कीलाई चयन गरिएको छ । संघको दोस्रो अधिवेशनले कार्कीको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । नयाँ कार्यसमितिको सचिवमा लालबहादुर कार्की, कोषाध्यक्षमा कृष्णबहादुर कार्कीलाई चयन गरिएको छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य गंगा शाहीले नपाली काँग्रेसलाई संगठित गर्ने काममा भूपूहहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । उहाँले पार्टीलाई जीवन्त बनाउनको लागि भोलीका दिनमा पनि उत्तिकै योगदान गर्न आग्रह गर्नुभयो ।
त्यस्तै नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले पार्टी निर्माणमा मात्रै नभएर देशको विकासमा समेत भूपूहरुको उल्लेखनीय योगदान रहेको बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति प्रजापाल गिरी, नेता टेकबहादुर थापा लगायतले नेपाल भुतपुर्व सैनिक संघले बिगतमा पार्टीमा पुर्याएको योगदान र आज पनि यसको आवश्यकता बारे चर्चा गर्नुभएको थियो ।