रुपन्देहीको मणिग्राममा रहेको एन.जी. मार्टले खुल्ला तीज गीत प्रतियोगिताको आयोजना गरेको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर साताव्यापी तीज गीत प्रतियोगिता आयोजना गरेको हो ।
यहि फागुनको १२ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिने प्रतियोगितामा प्रथम हुने समुहलाई २५ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै दोस्रो हुने समुहलाई १५ हजार रुपैंया र तेस्रो हुने समुहलाई १० हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र वितरण गरिने मार्टका अध्यक्ष नारायण वञ्जाडेले जानकारी दिनुभयो ।
खुल्ला तीज गीत प्रतियोगिताका विजेतालाई यहि भदौं २१ गते तीजको दिन मार्टको प्राङ्गढमा खुल्ला तीज गीत कार्यक्रमको आयोजना गरी त्यसै कार्यक्रममा पुरस्कार वितरण गरिने छ । तीज गीत प्रयोगितामा सहभागि हुने आउने आमा समुह, टोल विकास संस्था तथा क्लवहरुलाई मार्टले यातायातको प्रवन्ध गरिने मार्टका म्यानेजर दीपक भट्टराईले जानकारी गराउनु भयो ।
प्रतियोगितामा टोलविकास संस्था, आमा समुह, विद्यालय, कलेज तथा क्लवबाट सहभागि हुने पाइने र वाद्यवादनको व्यवस्था समेत गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नको लागि करिव ४ लाख रुपैंया लागत अनुमान गरिएको पनि उहाँले जानकारी गराउनु भयो ।
१ अर्व बढीको लगानी रहेको एन.जी. मार्ट २ वर्ष अंगाडि सञ्चालनमा आएको थियो । उपभोक्तालाई सुनौलीको भन्दा पनि सस्तो मुल्यमा उपभोक्तालाई सामान उपलब्ध गराउने उद्देश्य राखिएको मार्टको आगामी बैशाख १ गते ग्राण्ड ओपनिङ्को तयारी गरिएको उहाँले जानकारी गराउनु भयो ।
उक्त मार्टले तिलोत्तमा सहित भैरहवा, बुटवल, देवदह तथा आसपासका पालिकाका उपभोक्तालाई लक्षित गरेर विभिन्न २८ वटा बैंकसंग सम्झौता गरेको छ । बैंकका कार्ड होल्डर ग्राहकलाई कार्डबाटको भुक्तानीमा विशेष छुट सहित बैंकहरुसंग सम्झौता गरीको अध्यक्ष वञ्जाडेले बताउनु भयो ।
त्यस्तै टोलविकास संस्था तथा आमा समुहहरुसंग पनि छलफल चलिरहेको र सम्बन्धित टोल विकास संस्था तथा आमा समुहमा आवद्ध उपभोक्ताको मार्टमा जम्मा भएको लायल्टी पोईन्टको आधारमा उक्त टोलविकास संस्था र आमा समुहलाई २५ प्रतिशत मार्टले दिईने गरी सम्झौताको तयारी गरिएको उहाँले बताउनु भयो । त्यसको लागि हालसम्म ४५० टोल विकास संस्था र २५० आमा समुहसंग छलफल भईसकेको पनि उहाँले जानकारी गराउनु भयो ।