बुटवल । बुटवल जेसिसको ४२औ अधिबेशन बाट बर्ष २०१६ को अध्यक्षका लागि राजु पौडेल बिजयी भएका छन । पौडेल अन्य प्रतिस्पर्धिहरु भेषराज गैरे, बिजयकुमार बर्णवाल र कृष्णकुमार तिवारीलाई पछि पार्दै बिजेता बनेका हुन ।
त्यसै गरि २ कार्यकारणी उपाध्यक्ष पदमा बिष्णु पुरी,फर्सुराम भट्टराई ,गगाराज सापकोटा, ओम प्रकाश अर्याल, हरि बिक्रम कुवर र दिपक श्रेष्ठलाई पछि पार्दै राजेन्द्र बहादुर जिसी र राजिव गौतम बिजयी भएका छ्न ।
त्यसै गरि ४ जना उपाध्यक्ष पदमा कमल देवकोटा ,बिष्णु प्रसाद ज्ञवाली,भेषराज घिमिरे र आशिष् कृष्ण श्रेष्ठ बिजयी भएका छन । पाँच प्रतिस्पर्धि रहेको उपाध्यक्षमा नरदेव न्यौपाने पराजित भएका छन।
स-सचीवमा लक्ष्मण पन्थी र स-कोषाध्यक्षमा अर्जुन गौतम निर्बिरोध निर्वाचित भएका छन । त्यसैगरी जेसिसमा अध्यक्षको प्रतिस्पर्धा बाट पराजित बिजय बर्णवाललाइ नव निर्वाचित अध्यक्ष पौडेलले कानुनी सल्लाहकारमा नियुक्ति गरेका छन।
जेसिसको प्रावधान अनुसार अध्यक्षले अब एक महासचिव ,एक कोषाध्यक्ष र ४ निर्देशक मनोनीत गर्नुपर्ने हुन्छ । विजयी पछि अध्यक्ष राजु पौडेलले बर्ष २०१६ अहिले सम्मै उत्कृष्ट बर्ष बनाउन सबैसग मिलेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।