मन गहिरे /
तानसेन श्री ७ रण उजीरेश्वरी भगवती माताको २०५ औ रथ यात्रा (विजयउत्सव) यहि भाद« ११ गतेका दिन भव्यताका साथ तैयारी भैरहेको छ । सम्माननीय राष्ट्रपति श्री रामचन्द« पौडेलको सम उपस्थितमा भगवती जात्रा सम्पन्न हुने भगवति गुठी व्यवस्थापन समितिले जनाएको छ ।
अंग्रेजलाई परास्त गर्ने पाल्पालीको जितको महिमा बोकेको महिषासुर मर्दिर्नी श्री ७ रण उजीरेश्वी भगवती मन्दिर पाल्पाको सदरमुकाम तानसेनमा अवस्थित छ । नेपाल एकिकरण पूर्व बाइसी चौविस राज्यहरु मध्येको एक शसक्त राज्यको रुपमा पाल्पा राज्य थियो । ताल्कालिन समयमा पाल्पामा कर्णेल उजिरसिंह थापा तैनाथ थिए । वि.सं. १८७१ देखि नै नेपाल अंग्रेज बिचको युद्ध शुरु भएको थियो । एकिकरण ताका पाल्पा राज्य नेपाल अधिराज्यमा गाभिएपछि सेनाहरुले भोगचलन गर्दै आएको बुटवल र स्युराजलगायत गोरखपुर, बरेली, सारन, पूर्णिया आदि सिमामा रहेका एक सय बाइस मौजाको विषयलाई लिएर कम्पनी सरकार र नेपाल सरकार बिच विवाद शुरु हुन थाल्यो । सन १८१४ नबेम्बर १ तारिखका दिन नेपाल माथि इष्ट इण्डिया कम्पनिले एक तर्फी युद्ध घोषणा गरे । लगन्तै कर्णेल उजीर सिंह थापा युद्धको तयारी तिर लागे । लडाइमा जान साइत जुराएका थिए । सोही समयमा लडाइमा जानु अघि पाल्पाको तानसेनमा अवस्थित महिषासुर मर्दिनी श्री ७ रणउजीरेश्वरी भगवती मातालाई सम्झेर “अंग्रेजसंगको युद्धमा विजय श्री हासिल भयो भने मन्दिर निर्माण गर्नुका साथै भगवतिको सिन्दुर जात्रा गरी भगवतिको महिमा चारै तिर फैलाउने छु ।” भनिभाकल गरेका थिए ।

कर्णेल उजिर सिं थापाले करिब ३ हजार सैनिक लिएर बुटवल गढीमा पुगेर अंग्रेजहरु संग लडे । उक्त युद्ध १८७२ वैशाख ७ गते विजय हासिल गरी अंग्रेजलाई पराजित गरी फर्केपछि मन्दिरलाई ३ तले प्यागोडा शैलीमा निमार्ण गर्ने कार्य प्रारम्भ गरे । वि.सं. १८७६ मा मन्दिर निर्माण सम्पन्न भएपछि भगवतिको प्रस्टर शिलामूर्तिलाई गर्भमै राखेर पञ्चधातुले बनेको अष्ठादश (अठार) बाहु भएकी माता भगवतीको प्रतिमा स्थापना गरी दुर्गा पञ्चायनको रुप दिइ मन्दिरमा आफ्नै उचाइ बराबरको सात पूर्ण कलश सुनको मालाम्बाअंकित गजुर स्थापना गरे र मन्दिरका विभिन्न कोणहरुमा सुर्य, विष्णु, शिब, गणेशको, मूर्ति स्थापित गरे । सिंह, बरहिर्नी माताको मूर्ति दायाँपाउँमा सिंह र बायाँपाँउमा महिष सुर रुपी राँगो माथि रहेको छ । अठार बाहु भएको दुर्गाको दायाँ हातमा त्रिशुल र अन्यहातमा वरमुद्रा, बज्र, डमरु, चक्र, अंकुश, तीर, खडक र करपात्र रहेका छन् । भने बाँयाहातमा ढाल, नाग, गदा, सुला, घण्ट, कदिहस्तामुद्रा, अभयमुद्रा, अभयमुद्रा र पछिल्लो हातले महिषासुरको टुप्पी समातेको छ । नरमुण्डमाला गलामा पहिरिएको बस्त्र आभुषणले सुसज्जित सुन्दर मूर्ति नजिकै उजिर सिंहको तरबार पनि राखिएको छ । यसरी मन्दिर निमार्ण सम्पन्न भई भगवतिको सुन्दर मूर्ति स्थापित भएपछि कर्णेल उजिर सिंह थापाले ठुलो खटमा भगवतीलाई राखी राजकीय सम्मानका साथ नगर परिक्रमा गराइन्छ । भगवतीको अर्को रुप मानिने योगमाया श्रीकृष्णकी बहिनी हुन् । श्री कृष्ण अष्टमीका दिन रातभरी जाग्राम बसी नवमीका दिन भगवती जात्रा चलाउने चलन चलाए । मन्दिरको नित्यपुजाको लागी पाटनबाट मुल पुजेरीको रुपमा चन्द्रमणी गुभाजु ब्यवस्थापकको रुपमा भक्तपुरबाट शुक्तमान बौद्धचार्यलाई झिकाई पुजा गर्ने चलन चलाए । हालसम्म पनि चन्द्रमणी गुभाजुकै सन्ततीले नित्य पुजा गर्दै आएका छन् ।

वर्तमान अवस्थाको भगवती मन्दिर, भगवती मन्दिरको व्यवस्थापकीय पक्ष (गुठी)
भगवतीको मन्दिरमा नित्य पूजाको बन्दोबस्त मिलाउनको लागि भगवती गुठीको व्यवस्था गरिएको थियो । कर्णेल उजीर सिंहले तानसेन, बाजागार, सोमर्या, ढुङढुङया, कोलडाडा मदनपोखरा, तेल्घा, अर्गली लगायतमा १८० रोपनी ५ आना १ पैसा खेत र १ हजार ४५० रोपनी ६ आना ३ दाम पाखो जग्गा समेत भगवती गुठीको नाममा रहेको छ ।
त्यसैगरी कर्णेल उजीर सिंहकी धर्मपत्नीले १८८१ मार्ग १३ मा आफु सतिजादै गर्दा मन्दिरको नित्य पूजाआजका लागि संकल्प गरी रु. २९८५ रुपैया दिएकी थिइन । सोही रकमबारे नित्यपूजा सञ्चालन गर्नका लागि भक्तपुरमा ३६ रोपनी जग्गा पाल्पा भगवती गुठीको नाममा रहेको छ ।
त्यसैगरी उजीर सिंहले भगवती जात्रा साथै नियमित पूजाआजा सञ्चालनका लागि अक्षयकोषको स्थापनमा गरिदिएका थिए । तत्कालीन राजा राजेन्द्र वीरविक्रम शाहदेवले प्रभावित गरी श्री ७ रणउजीरेश्वरी भगवती गुठी राजगुठीमा परिणत गरेका थिए । त्यसै गरि भगवतीको नाममा चढाएका नगद, सुन चादी गरगहना रहेका छन भने हाल बैंकमा जम्मा रु.चौतिस लाख अक्षयकोष समेत रहेको छ ।
मन्दिरको जिर्णेद्वार तथा वर्तमान अवस्था
वि.सं. १९९० सालको महाभुकम्पले ३ तले मन्दिर भत्किए पछि वि.सं. १९९२ सालमा जिर्णेद्वार कार्य भयो तर फेरि वि.सं. १९९९ साल भत्किएपछि पछिल्लो पटक वि.सं. २०३१ सालमा ढुङ्गे स्लेटको छाना लगाइ दुई तले मन्दिरको निमार्ण गरिएको थियो । तर वर्तमान अवस्थामा पनि उक्त मन्दिरका छाना चुहिएर छानालाई प्लास्टिक ले मोडिएको छ । प्रत्येकवर्ष नेपालका उच्च ओहदाका व्यक्तित्वहरु समेत उपस्थित भएर मनाइने राष्ट्रिय गौरवको यस भगवती मन्दिर हाल संरक्षणकोे पर्खाइमा रहेको छ ।
ऐतिहासिक महत्व साथै राष्ट्रियताको प्रतिकको रुपमा भगवति मन्दिर नेपाल अंग्रेज युद्धमा अंग्रेजलाई हराउन सफल नेपालीहरु र त्यसमा पनि पाल्पालीहरुको जीतको अमर गाथा लेखिएको इतिहास झल्काउने यस ऐतिहासिक महत्व बोकेको यो सम्पदालाई संरक्षण, सम्र्बधनको खाँचो छ । हाम्रा संस्कृतिको धरोहरले धेरै पर्यटकीय सम्भाव्यता समेत बोकेको छ । भगवतीको रथ यात्रालाई राष्ट्रिय पर्वको रुपमा लागि तानसेन नगरलाई अघि बढाउनु पर्नेमा स्थानियहरु बताउछन् । लुम्बिनी प्रदेश मै मन्दिर निर्माण तथा व्यवस्थापनका लागि गुरुयोजना ल्याई कार्य प्रारम्भ गर्ने गुठि लगायत मन्दिरका नाममा रहेको सम्पत्तिको खोजीगरि अभिलेख तयार गर्ने, मन्दिरमा भक्तजन तथा दर्शनार्थीलाई बिहान देखि बेलुका सम्मै खुल्ला गरी दर्शन गर्न पाउने व्यवस्था मिलाउने मन्दिरको संरक्षण, सम्बद्धर्न, खटयात्राको दिगो व्यवस्थापन गर्ने र भगवति जात्रालाई राष्ट्रिय क्यालेण्डरमा अंकित गर्ने व्यवस्था मिलाउन पहल गर्ने कुरामा लाग्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले बताउनु हुन्छ । यसरी यदि अंग्रेजले जितगढीको लडाईमा नजितेको भए हामी नेपाली भइने थिएन । त्यो जीतले नै हामी नेपाली भनेर गौरव गर्न पाएका छौ । तर्सथ ऐतिहासिक राष्ट्रिय गरिमा बोकेको यस भगवती मन्दिर र जितगढीलाई बुद्ध सर्किटमा जोडी गुरुयोजना बनाई कार्य प्रारम्भ गर्न सके पर्यटन प्रर्वधनका साथै ऐतिहासिक धरोहरको समेत संरक्षण हुने देखिन्छ ।