दुबै सदनबाट पारित भएकाे टिआरसी विधेयक प्रमाणिकरण भएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक प्रमाणित गर्नुभएकाे हाे ।
संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक बिहिबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नु भएकाे हाे ।
विधेयक प्रमाणिकरणसँगै अब दुबै आयोगमा पदाधिकारी नियुक्तिका लागि बाटो खुलेको छ ।