महिलाहरुले मनाउने हरितालिका तीजको दिन लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिईएको छ । हरितालिका तीजको दिन यहि भदौ २१ गते लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिईएको हो ।
२०८० चैत २० मा बसेको मन्त्रीपरिषद बैठकले हरितालिका (तीज) पर्वको दिन २०८१ भदौ २१ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भए अनुसार लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार सूचना प्रकाशित गरि जानकारी गराएको हो ।