आान्दाेलनमा रहेकाे नेपाल विद्यार्थी संघ र उच्च तथा माध्यमिक विद्यालय संघ (हिसान) बिच ६ बुदे सहमति भएकाे छ । दुईपक्षिय सहमति अनुसार नीजि बिद्यालयहरुले कक्षा बृद्धिमा पनि लिदै आएकाे भर्ना शुल्क लिन पाउने छैनन् ।
त्यस्तै कक्षा ११ र १२ को छात्रवृत्ति, मासिक शुल्क स्थानीय पालिकाको नियम, कानून र निर्देशिका बमोजिम गर्ने साथै पालिकाले तोकेको भन्दा बढी लिएको शुल्क अविलम्ब समायोजन गर्ने, विद्यालय परिसरबाट कुनै किसिमका शैक्षिक सामाग्री तथा बिद्यालय पोशाक विक्रि बितरण नगर्ने, ट्राफिक नियम बमोजिम सिट क्षमता अनुसार मात्र विद्यार्थी ओसार पसार गराउने, चमेनागृह टेन्डर प्रकियाबाट मात्र सञ्चालन गरी सर्वसुलभ रुपमा खाजा तथा नास्ताको व्यवस्था मिलाउने र शिक्षा ऐनमा भएको व्यवस्था बमोजिम वार्षिक शुल्क २ महिना बराबरको मात्र लिन पाईने सहमति भएकाे छ ।
हिसान रुपन्देही नेपाल विद्यार्थी संघ केन्द्रीय समिति र रुपन्ही जिल्ला समिति बिच त्रिपक्षय वार्ता र संवादबाट सहमतिमा पुगिएकाे नेपाल विद्यार्थी संघ रुपन्देहीका अध्यक्ष सन्दिप पाण्डेले जानकारी गराउनु भयाे ।
उक्त सहमति पत्रमा नेपाल विद्यार्थी संघका केन्द्रीय प्रतिनिधि तिलकराम पाण्डे, रुपन्देही जिल्ला अध्यक्ष सन्दिप पाण्डे तथा हिसानकाे तर्फबाट रुपन्देहीका अध्यक्ष दिनेश भुसाल र सल्लाहका अनन्तराम शर्माले हस्ताक्षर गर्नु भएकाे छ ।