काँग्रेस आसन्न महाधिवेशनको कार्यतालिका नसर्ने

342

काँग्रेस आसन्न महाधिवेशनको  कार्यतालिका नसर्ने

13th-congress.png.png

काठमाडौं। नेपाली काँग्रेसको आसन्न महाधिवेशनको कार्यतालिका नसर्ने नै भएको छ। आइतवार बसेको नेपाली काँग्रेस केन्द्रिय पधाधिकारिको बैठकले कार्यतालिका नसार्ने निर्णय गरेको हो।पदाधिकारीको निर्णयलाई सोमबार बस्ने केन्द्रीय समितिकव वैठकले अनुमोदन गर्ने छ। थप निर्णयका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ ११ गते सोमबार विहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ।
सोमबार बस्ने केन्द्रीय समितिको वैठकले विधानको केहि धारालाई निलम्वन गर्ने तयारी छ। क्रियाशिल सदस्यता सम्बन्धि विधानको व्यवस्थालाई केन्द्रीय समितिको वैठकको निर्णय अनुसार समायोजन गर्नुपर्ने भएका कारण क्रियाशिल सदस्यता सम्बन्धि विधानको व्यवस्थालाई निलम्वन गर्ने निर्णय सोमबारको बैठकले गर्ने पार्टी प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिए।सोमबारको बैठकले क्रियाशिल सदस्यताको बारेमा वाधा अड्काउ फुकाउको काम गर्ने बडुले बताए।
सोमबारको बैठकले क्रियाशिल सदस्यताको बारेमा वाधा अड्काउ फुकाउको काम गर्ने बडुले बताए। विधानमा महाधिवेशन हुनु एक बर्ष अघीसम्म क्रियाशिल सदस्यको नविकरण र नयाँ सदस्यता लिइसक्नुपर्ने भनिएपनि कार्यसमितिको यसअघीको निर्णयले एक बर्ष यता नविकरण गरेका र नयाँ सदस्यता लिएकाहरुले पनि अधिवेशनमा भाग लिन पाउने व्यवस्था गरेपछि सोहि व्यवस्था अनुसार वाधा अड्काउ फुकाउने काम सोमबारको कार्यसमितिले गर्नेछ।
त्यसैगरि वैठकले लगातार दुई पटक सभापति भएकालाई तेस्रोपटक उमेद्वार बन्न नपाउने व्यवस्था ११औं र १२ औं महाधिवेशनबाट गर्नेकी १२औं र १३औं महाधिवेशनबाट गर्ने भन्नेमा पनि वैठकले टुङगो लगाउने बताइएको छ। निर्वाचन निर्देशिकामा यस सम्वन्धि व्यवस्थाका लागि ११औं र १२ औं महाधिवेशनका लागि लगातार निर्वाचित भएकाहरुले तेस्रोपटक सभापति पदमा उमेद्वार हुन नपाउने व्यवस्था गरिएको छ। सम्भवत यस बिषयमा निर्वाचन समितिले गरेको प्रस्ताव अनुसार नै हुने बुझाइ काँग्रेसका नेताहरुको छ।
त्यसैगरि काँग्रेस क्रियाशिल सदस्यहरुको नामावली सार्वजनिक भएपछि देखिएका केहि प्राविधिक त्रुटीहरुलाई पनि सच्याउन गरि निर्णय पनि कार्यसमितिको वैठकले  गर्ने छ। कतिपय पार्टी छोडिसकेका क्रियाशिल सदस्यहरुको नविकरण भएको निष्क्रिय रहेकाहरु र एक जिल्लाका क्रियाशिलहरुको अर्को जिल्लामा पारिएको लगायतका बिषयमा वैठकमा छलफल हुने र त्यस बारेमा नीतिगत निर्णय गरेर मातहतका जिल्ला समितिहरुलाई जानकारी गराइने बडुले बताए। क्रियाशिल सदस्यहरुको बारेमा देखिएका केहि प्राविधिक समस्याहरुलाई समयमै मिलाएर अधिवेशनको कार्यतालिका प्रभावित नहुनेगरि समयमै मतदाता नामावली स्थानियस्तरमा पुर्‍याउने गरि काम गर्ने तयारीमा केन्द्रीय समिति छ।
पार्टी कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले केन्द्रीय समिति बैठकमा उपस्थितिका लागि  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई अनुरोध गरेका छन्।