लुम्बिनी विकास बैंकलाई दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस्

1.3K

लुम्बिनी विकास बैंकलाई दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस्

दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधामध्ये लुम्बिनी विकास बैंकले ५ वटा विधामा उपाधि प्राप्त गरेको छ । इण्डियन चेम्वर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको सो अवार्डस्मा यस बैंकले ५ विधामा सहभागिता जनाएकोमा ५ वटै विधामा उपाधि जितेको हो ।
बैंकिङ कन्क्लेभ २०२४ मा बैंकले बेष्ट बैंक, बेष्ट पर्फमेन्स अन रिस्क मेनेजमेन्ट नेपाल, बेष्ट पर्फमेन्स अन असेष्ट मेनेजमेन्ट नेपालमा विजेता एवंम् बेष्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी नेपाल र बेष्ट पर्फमेन्स अन ग्रोथ नेपालमा उपविजेताको उपाधि जितेको हो ।
अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमार लगायत देशका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए । इण्डियन चेम्बर अफ कर्मसले गतवर्षदेखि नै यो अवार्ड वितरण गर्न शुरु गरेको हो । अवार्डका लागि इण्डियन चेम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न सूचक निर्धारण गरेको थियो ।
स्थापनाकालदेखि नै इथिकल बैंकिङ, आर्थिक सुशासनलाई आत्मसात गर्दै र पारदर्शीता बैंकिङ सेवा उपलव्ध गराउँदै अघि बढेकाले अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका अवार्डहरु जित्न सफल भएको छ । यसबाट बैंकको गरिमा र प्रतिष्ठा बढाएको छ ।
अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा बैंकका सञ्चालक, कर्मचारी, ग्राहक र नियमनकारी निकाय लगायत सबैको योगदान र सहयोग रहेको छ । ३.५ अर्व चुक्ता पूँजी भएको राष्ट्रिय स्तरको विकास बैंकका ७ प्रदेशमा ८९ वटा शाखा, १ वटा एक्टेन्सन काउन्टर र २० वटा एटिएम सञ्चालनमा रहेका छन् ।