ब्रसेल्स/बेल्जियम
नेकपा माओवादीका प्रवक्ता तथा पुर्व पर्यटन मन्त्रि खड्ग बहादुर बिस्वकर्मा ‘प्रकाण्ड’ले नया शक्ति नया स्वरुपमा सजियका पुराना बोतल रहेको बताउनुभयको छ |बाबुरामको नया शक्ति केहि दिनमा टाट पल्टिने बताउदै उहाले अहिले नया शक्तिमा आयका गैर राजनैतिक ब्यक्तिहरु मार्फत कुनै प्रतिफल नआउने दाबी गर्नु भयको छ |
नेपालि जन प्रगतिशील मोर्चा बेल्जियमले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उहाले १४ हजार नेपालीको बलि चडाएर नेपाली जनतालाई नै घात गरी जनबिद्रोही संबिधान जारी गर्ने प्रचण्ड इतिहासमा कहिले पनि जनताको नेता हुन नसक्ने र पाटीबाटै पनि नाङ्गिदै जाने जिकिर गर्नुभयको छ । प्रचण्ड जस्ता नेताकै कारण भारतले तराईका जनतालाई उचालेर नाकाबन्दिको नाममा नेपाल राष्ट्र र राष्टियतामाथि धावा बोलेको समेत उहाले दाबि गर्नु भयको छ | उहाले प्रचण्डले गरेको गल्तीलाई कसैगरी क्षमा गर्न नसकिने र इतिहासको कठाघरमा उभियर जवाफ दिनुपर्ने भन्दै क्रान्ति र आन्दोलनलाई लात मारेको हुदा उहा संग एकता सम्भब नभयको बताउनु भयको छ |
पार्टी फुट बारे सहभागीले गरेको प्रश्नको जवाफ फर्काउदै प्रवक्ता तथा पुर्व मन्त्रीले भन्नुभयो ‘बिग्रेका मान्छे अर्कातिर र सप्रेका आफूतिर हामीहरुको झन्डामा गोलबद्ध हुनेछन |अब माओबादी पार्टी फुटको अन्त्य हुनेछ र यहि हाल देखि पार्टी फुटको अन्त्य भयको घोषणा गर्दछु |’ अन्तरक्रियामा बोल्दै उहाले वर्तमान नाकाबन्दीको बिरुद्धमा राज्य संचलाक हरु बोल्न नसक्नु उनीहरुको लाचारीपन रहेको बताउदै नाकाबन्दीमा मधेशीको माग भन्दै मधेशका केहि देसद्रोही नेताले नाजायज फाइदा उठाउन मात्रै खोजेको हुदा आफुहरु त्यस बिरुद्ध रहेको र संघर्ष जारि राख्ने खुलासा गर्नु भयको थियो |
त्यसै गरी नेपालमा अख्तियारले भ्रस्ट कर्मचारीको संरक्षण गरेको र मुख्य क्षेत्रमा काम कारवाही गर्न नसकेको भन्दै प्रवक्ता बि क ले राजनैतिक र कर्मचारीतन्त्र तत्वलाई अख्तियारले छोप्न नसकेको र छोप्न नचाहेको हुदा आफुहरु विरोधमा उत्रेको प्रस्ट पार्नु भयको थियो |