गुडिरहेकाे जीप ढु‌ंगाले च्याँप्दा जीपधनिकाे मृत्यु

गुडिरहेकाे जीप ढु‌ंगाले च्याँप्दा जीपधनिकाे मृत्यु

siddhababa pahiro

बुटवल,माघ १२ ।पाल्पाकाे दाेभान नजिकै  सिद्धबाबा भिरबाट खसेको ढुंगाले लागेर जीपधनिकाे ज्यान गएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल– पाल्पा सडक खण्डको दाेभानमा बुटवलबाट सामान लिएर गुल्मी जिल्लाकाे सदरमूकाम तम्घास जाँदै गरेको लु १ च ६३९५ नम्बरको जीपमा ढ‌ुंगा लागेकाे हाे ।मृत्यु हुनेमा जीपधनी गुल्मी दिगाम  गाबिस ६ का २७ वर्षीय नारायण खनाल रहेकाे  जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।   घाइते खनालको उपचारका क्रममा बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा ज्यान गएको हो ।जीपमा रहेका अन्य  २ जना भने सकुसल रहेका छन् । केहिबेर अबरुद्ध शडक अहिले सुचारु भएकाे इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार अाशिक पाेखरेलले नागरिक आवाजलाइ बताए ।  ढ‌ुंगा लागेकाे जीप क्षतिग्रस्त भएकाे छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •