रुपन्देही उद्योग संघको ४७ औं स्थापना दिवस : सदस्यबीच व्याडमिन्टन प्रतियोगिता

1.3K

रुपन्देही उद्योग संघको ४७ औं स्थापना दिवस : सदस्यबीच व्याडमिन्टन प्रतियोगिता

रुपन्देही उद्योग संघको स्थापना दिवसको अवसरमा विहिबार बुटवलमा अन्तर सदस्य व्याडमिन्टन प्रतियोगिता गरिएको छ । संघको ४७ औं स्थापना दिवसको अवसरमा संघका सदस्यहरु विचमा मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता गरिएको हो ।
बुटवल ७ शिवनगरस्थित न्यू लुम्बिनी व्याडमिन्टन क्लबको कभर्ड हलमा भएको प्रतियोगितामा नरबहादुर श्रीस र घनश्याम पौडेलको जोडी प्रथम, दिलिप गौचन र बाबुराम पाठकको समूह द्वितीय, बोनिन पिया र जीवकान्त काफ्ले तथा बलबहादुर गोदार र नारायण खनालको समूह तृतीय भएको संघले जनाएको छ ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले सदस्यहरुका विचमा भएको प्रतियोगिताले आपसी सम्बन्धलाई थप उपचाईमा पुर्याउन मद्धत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेलकुदले स्वास्थ्यलाई बलियो बनाउने भएकाले हरेक नागरिकले यसमा ध्यान दिनुपर्ने बताउँदै अन्य समयमा व्यस्त रहनुपर्ने उद्योगीका लागि शारीरिक व्यायम अनिवार्य रहेको भनाई राख्नुभयो ।
संघका अध्यक्ष दिलिप सापकोटाले स्थापना दिवसको तीन दिने कार्यक्रमको पहिलो दिन ब्याडमिन्टन प्रतियोगिता गरिएको बताउनुभयो । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । संघको आयोजनामा १४ गते शुक्रबार बिहान संघको सचिवालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यसमिति सदस्य एवं संयोजक राजु घिमिरेले बताउनु भयो ।
१५ गते स्थापना दिवसको मुख्य दिन मूल समारोह गरिनेछ । मूल समारोहमा प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहित विशिष्ट अतिथिहरुमा लुम्बिनी प्रदेशका उद्योग यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सिएनआईका अध्यक्ष अध्यक्ष राजेशकुमार अग्रवाल लगायतले सम्बोधन गर्नुहुने कार्यक्रम तय गरिएको संघले जनाएको छ ।
मूल समारोहमा अग्रज उद्यमी तथा विभिन्न क्षेत्रका उत्कृष्ट उद्योगीहरुको सम्मान, नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा संघले स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार प्रदान, छात्रवृत्ति वितरणका साथै उद्योग डाइरेक्टरी २०८१ विमोचन गरिने संघका महासचिव हिरामणीभट्टराईले जानकारी गराउनु भयो ।