भोलीदेखि नेपाल प्रिमियर लिग : आठ टिम सहभागि

1.3K

भोलीदेखि नेपाल प्रिमियर लिग : आठ टिम सहभागि

भोली मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपिएल)मा ८ टिम सहभागि छन् । यसअघिका लिगमा बढीमा ६ टिमसम्म सहभागि थिए । त्यस हिसावमा यो टिम संख्याको सहभागिता र खेलको हिसावले पनि ठूलो र धेरै छ ।
२०२२ मा भएको नापल टी २० मा ६ टिम सहभागि थिए । त्यस लिगलाई निरन्तरता दिन नसकेको क्यानले दुई वर्षपछि फरक शैलीमा नेपाल प्रिमियर लिग आयोजना गर्दैछ र यसमा टिम संख्या पनि थपिएको छ । नेपालको सातवटै प्रदेशको सहभागिता हुने गरी टिम तयार पारिएको छ । जसमा बागमती प्रदेशबाट काठमाडौं र चितवन दुई टिम छन् ।
एनपीएलमा लिग चरणमा हरेकले एक आपसमा खेल्दा कूल २८ खेल हुनेछ । यस्तै प्लेअफमा क्वालिफाय र फाइनलसहित थप ४ खेल हुनेछ र कूल ३२ खेल हुनेछ । क्यानले प्रतियोगिताको अघिल्लो दिनसम्म पुरस्कार राशी सार्वजनिक गरेको छैन । तर यो अहिलेसम्म भएको लिगमध्ये धेरै पुरस्कार राशी हुने बुझ्न सकिन्छ । यसअघि सन् २०२२ मा भएको नेपाल टी २० लिगमा विजेताले पाउने पुरस्कार राशी ५५ लाख थियो ।
उत्कृष्ट नेपाली खेलाडीले ६२ लाखको कार पाउनेछन् । नेपाली क्रिकेट र खेलकुदको इतिहासमै उत्कृष्ट खेलाडीले पहिलो पटक कार पाउन लागेको क्यान सचिव पारस खड्काले बताउनु भएको छ । त्यसका लगि क्यानले ओमोडा एण्ड जेइकोसँग सम्झौता गरिसकेको छ । एनपीएलमा उत्कृष्ट हुने नेपाली खेलाडीले लिग सकिएपछि ६२ लाख बराबरको ओमोडा इ ५ कार प्राप्त गर्नेछन् ।
विश्वकप आईपीएल देखि विश्वका ठूला प्रतियोगिता र लिगहरू प्रशारण गर्दै आएको स्टार स्पोर्ट्सले प्रशारण गर्नेछ । यसले नेपाली खेलाडीको खेल पनि अब ठूलो मञ्चमा हेर्न पाइनेछ भने विश्वले नै नपालकी खेलाडी र क्रिकेट हेर्नेछन् ।
टीयू मैदानमा पहिलो पटक डिजिटल स्कोर बोर्ड जडान गरिएको छ । अब खेलाडी टिम र समर्थकहरूलाई पनि टीयू मैदानमा ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेटहरू हेर्न सहज हुनेछ । यसअघि स्कोररले नै खेलको स्कोर अपडेट गर्दै आएका थिए ।