भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधी

1.3K

भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधी

लुम्बिनी बौद्ध विश्वविद्यालयले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरेको छ । विश्वविद्यालयको शुक्रबार भएको तेस्रो विशेष दिक्षान्त समारोहमा भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधी सहित विभिन्न संकायमा उपाधि प्राप्त २८९ जनालाई दिक्षित गराएको हो ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधिप्राप्त उनीहरु दिक्षित भएका हुन् । त्यस अवसरमा प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि सहित ५ जनालाई विद्यावारिधिको उपाधि प्रदान गर्नुभयो ।
ललितपुर जन्मिएकी ९१ वर्षका गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा अतुलनीय योगदान गरेको भन्दै विश्वविद्यालयको १७ औं सभाले विद्यावारिधिको सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।