विश्व एड्स दिवस : रुपन्देहीका पालिका स्तरीय क्वीचमा मायादेवी प्रथम

1.3K

विश्व एड्स दिवस : रुपन्देहीका पालिका स्तरीय क्वीचमा मायादेवी प्रथम

विश्व एड्स दिवसकाे अवसरमा रुपन्देहीमा पालिका स्तरीय क्वीच प्रतियाेगिता गरिएकाे छ । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देही सहित एचआईभि एड्सकाे क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाहरुकाे सहयाेगमा जिल्ला समन्वय समिति रुपन्देहीकाे आयाेजनामा भएकाे उक्त प्रतियाेगितामा मायादेवी गाउपालिका प्रथम भएकाे छ ।
प्रतियाेगितामा कञ्चन गाउपालिका द्वितीय, देवदह नगरपालिका तृतीय र  मर्चवारी गाउपालिका सान्त्वना भएका छन् । प्रतियाेगितामा रुपन्देहीका १६ वटै पालिकाकाे सहभागिता रहेकाे थियाे । प्रतियाेगितामा प्रथम भएकाे मायालेवी गाउपालिकालाई ८ हजार रुपैया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएकाे छ । त्यस्तैगरी द्वितीय भएकाे कञ्चनलाई ६ हजार, तृतीय भएकाे देवदहलाई ४ हजार र सान्त्वनामा समेटीएकाे मर्चवारी गाउपालिकालाई नगद २ हजार रुपैया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएकाे छ ।
उनीहरुलाई पुरस्कार प्रदान गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले एचआईभि संक्रमित खुलेर आउने हाे भने उनीहरुकाे व्वस्थापनमा सहयाेग गर्न सहज हुने बताउनु भयाे । उहाँले संक्रमितलाई सीपयुक्त तालिम प्रदान गर्न र राेजगारी व्वस्थापनमा पनि सहज हने भनाई राख्नुभयाे ।
कार्यक्रममा बाेल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले एचआईभि एड्सका विरुद्धकाे अभियानलाई प्रभावकारी बनाउदै संक्रमितकाे जीवनस्तर सुधारका लागि पालिकाले काम गर्नुपर्ने भनाई राख्नुभयाे । उहांले त्यसैकाे वातावरण निर्माणका लागि कार्यक्रम गरिएकाे भनाई राख्नुभयाे ।
बुटवल उपमहानगरपालिकाकाे सभाहलमा भएकाे कार्यक्रममा उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणी ज्ञवाली, सेभ द चिल्ड्रेनका सुवास श्रेष्ठ, किड्सका निराजन पाेखरेल, एएचएफका धर्मराज भट्टराई, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका एचआईभि फाेकल प्रसन भिम ज्ञवाली लगायतले भनाई राख्नु भएकाे थियाे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले जिल्लामा एचआईभिकाे क्षेत्रमा काम गर्ने संघसंस्थालाई सम्मान पत्रले सम्मान गर्नु भएकाे थियाे ।