बुटवलमा सहिद लखन थापा स्मृती भलिवल प्रतियाेगिता गरिँदै

1.3K

बुटवलमा सहिद लखन थापा स्मृती भलिवल प्रतियाेगिता गरिँदै

बुटवलमा प्रथम सहिद लखन थापा मगर स्मृती भलिवल प्रतियाेगिता हुने भएकाे छ । मगर समुदायकाे माैलिक पर्व मंसिर पुर्णिमा बाजेबजै पुजाकाे अवसर पारेर नेपाल मगर युवा संघ वडा इकाई समिति बुटवल ७ काे आयाेजनामा खुल्ला क्लव स्तरीय भलिवल प्रतियाेगिता गर्न लागिएकाे हाे ।
नेपाल मगर युवा संघ वडा इकाई समिति बुटवल ७ ले साेमबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियाेगिताकाे बारेमा जानकारी गराएकाे हाे । नेपाल मगर युवा संघ वडा इकाई समिति बुटवल ७ का अध्यक्ष कुमार रानाका अनुसार प्रतियाेगिता यहि मंसिर २६ देखि ३० गतेसम्म हुनेछ । प्रतियाेगिता बुटवल उपमहानगरपालिका वडा नं. ७ स्थित बुद्ध ग्राउण्डमा हुनेछ ।
प्रतियाेगितामा रुपन्देही जिल्लाका करिव १६ टिम सहभागी हुने पनि उहाँले जानकारी गराउनु भयाे । प्रतियाेगितामा प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १० हजार रुपैया नगद पुरस्कार सहित प्रमाणपत्र, शिल्ड र मेडल प्रदान गरिने छ ।
त्यस्तै सान्त्वना हुने टिमलाई ५ हजार रुपैया नगद पुरस्कार प्रदान गरिने छ । प्रतियाेगिता अवधिभर वेष्ट प्लेयर, वेष्ट स्पाईकर, वेष्ट डिफेन्सर, वेष्ट सेटर, वेष्ट सर्भर र वेष्ट व्लकरलाई जनही २ हजार रुपैया नगद पुरस्कार प्रदान गरिने अध्यक्ष रानाले बताउनु भयाे ।
नेपाल मगर युवा संघ बुटवल ७ का संरक्षक कृष्ण थापाका अनुसार याे प्रतियाेगिता अब प्रत्येक वर्ष नियमित सञ्चालन गरिने छ । आगामी वर्षदेखि पुरस्कारकाे राशी पनि वृद्धि गर्दै लगिने उहाँले जानकारी गराउनु भयाे ।