अक्सबृजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

1.3K

अक्सबृजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

बुटवलकाे अक्सबृज इन्टरनेशनल एकेडमीमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएकाे छ । सोमबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि एकेडेमीले ल्याब टेक्निसियन र एचएमा अध्ययन गर्ने ७० जना नव आगन्तुक विद्यार्थीलाई सम्मान सहित स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले प्राविधिक शिक्षा जीवन उपयोगि शिक्षा भएकाले लगनशिल भएर अध्ययन गर्न विद्यार्थीलाई आग्रह गर्नुभयाे । शिक्षालाई सीपसंग जाेड्ने प्राविधिक शिक्षा जीवनाेपयाेगी भएकाले अबकाे बाटाे प्राविधिक शिक्षा भएकाे भनाई राख्नुभयाे ।
उहाँले शिक्षालाई सीप, सीपलाई उद्यम तथा राेजगारी र उद्यम तथा राेजगारीलाई आयआर्नसंग जाेड्नुपर्ने बताउदै यसाे गर्न सकिए पलायन भईरहेकाे युवा जनशक्तिलाई देशमै राेक्न सकिने बताउनु भयाे ।

एकेडेमीका कार्यवाहक अध्यक्ष गोविन्द खनालले विद्यार्थीलाई सौद्धान्तिक रुपमा भन्दा पनि व्यवहारिक रुपमा अध्ययन गराउने भएकाले विद्यार्थीले धेरै कुरा सिक्ने पाउने बताउनु भयाे । उहाँले अक्सबृजमा अध्ययन गरेका विद्यार्थीहरु अध्ययन सकेपछि धेरै राम्रो काम गरेको भन्दै नव आगन्तुक विद्यार्थीले निरन्तरता दिनेमा आफु् विश्वस्त रहेको भनाई राख्नुभयाे ।  यस्तै एमडी डिपि खनालले पनि नयाँ विद्यार्थीलाई हौसला प्रदान गर्नका लागि स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरिएको बताउनु भयाे । 
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेसु डा. इन्द्र ढाकाल, आम्दा अस्पतालका मडिकल सुपरिडेन्ड डा. विनोद पराजुली, नेपाल चिकित्सक संघ लुम्बिनी अध्यक्ष डा. कृष्ण खरेल, भिम अस्पतालका अध्यक्ष डा. अनन्तकुमार शर्मा, सिटिभिटीका डा. राजु भुसाल, प्रदिपकुमार श्रीवास्तव लगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।