बुटवलमा राष्ट्रपति रनिङ शिल्ड सुरु

1.3K

बुटवलमा राष्ट्रपति रनिङ शिल्ड सुरु

बुटवलमा आजलेखि छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताकाे बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले मंगलबार बुटवलको दिपनगर स्थित सिद्वेश्वरी खेल मैदानमा बिशेष कार्यक्रमकाबीच  उदघाटन गर्नुभयाे ।
प्रतियाेगिताकाे उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले प्रतियोगितालाई उपमहानगरपालिकाले गाैरवकाे कार्यक्रमकाे रूपमा लिएको बताउनु भयाे । उहाँले बुटवलमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले राष्ट्रिय स्तरको प्रतियोगिताकाे झल्को दिने विश्वास ब्यक्त गर्नुभयाे ।
बुटवलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले खेलकुदकाे क्षेत्रमा पर्याप्त बजेट छुट्टयाइएको बताउदै नगर प्रमुख पाण्डेयले साेही अनुसार खेल मैदान निर्माण र बिभिन्न बिधामा प्रतियोगिताहरू सञ्चालन गरिरहेको उल्लेख गर्नुभयाे । शिक्षा, स्वास्थ्यसँगै बुटवललाई खेल पर्यटनसँग पनि जाेड्न सकिने उहाँको भनाइ थियो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी  उपप्रमुख सावित्रा देवी अर्यालले बुटवल उपमहानगरपालिकाले खेलकुदकाे विकासलाई बिशेष महत्त्व दिएर बजेट छुट्टयाइएको भन्दै खेलकुदले विद्यार्थीकाे स्वास्थ्यसँगै पठनपाठनमा पनि   सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयाे । नगर खेलकुद विकास समितिका अध्यक्ष बाेनिन पियाकाे सभापतित्वमा सम्पन्न प्रतियोगिता उदघाटन कार्यक्रममा  नगर खेलकुद विकास समितिका सदस्य सचिव प्रेमबहादुर बस्नेत, नगर खेलकुद विकास समितिका सदस्य लालहरी पाण्डेलगायतले भनाइ राख्नुभएकाे थियाे ।
प्रतियोगितामा नगर भित्रका ५३ विद्यालयका एक हजार चार सय ७० विद्यार्थीले प्रतिस्पर्धा गर्ने खेल कमिसार हरी प्रसाद श्रेष्ठले जानकारी दिनुभयाे । उद्घाटन कार्यक्रममा कालिका मानवज्ञान मावि, नविन औद्याेगिक कदरबहादुर रीता मावि, उजिरसिं मावि लगायतका विद्यालयहरूले पिटि तथा सांगीतिक प्रस्तुति गरेका थिए ।