एन आर एन पोर्चुगलका प्रवक्ताले एक नेपालि युवतीलाइ धम्कि दियको र रकम खाइदियको आरोप

1.7K

एन आर एन पोर्चुगलका प्रवक्ताले एक नेपालि युवतीलाइ  धम्कि दियको र रकम खाइदियको आरोप

ब्रसेल्स/बेल्जियम

पोर्चुगलमा एन आर एन कै पदाधिकारी हरुबाट नेपालिहरु  पिडित बनेको तथ्य बाहिर आयको छ | एन आर एन पोर्चुगलका प्रवक्ता हेमराज सुवेदीले एक नेपालि युवतीलाई धम्कि दियको र रकम खाइदियको खुल्न आयको छ | युवती मात्रै होइन धेरैलाई उनले दुख दियको र रकम नदियको सुबेदीका निकटतमले आरोप लगायका छन |
कास्की जिल्ला घर भयकि निर्मला पाण्डे (पिडितको आग्रहमा नाम र केहि व्यक्तिगत कुराहरु   परिवर्तन गरियको छ )को ३१ सय यूरो खाइदियका छन | अर्थात् अर्को अर्थमा भन्ने हो भने  ३१ सय यूरो अब पीडितले फिर्ता नपाउने स्थिति आयको छ | केहि समय अगाडी नेपालबाटै काम गर्ने भिषामा  जर्मनी आयकि पाण्डे पोर्चुगल आयकि थिइन् | पोर्चुगल आउदा उनलाई धेरै कुरा नौलो नै थियो | सबै साथि भाइहरु नया थिय | सबै विश्वासलाग्दा थिय | यसै क्रममा उनको भेट हेमराज सुवेदी संग भयो | निस्वार्थ मनकी पाण्डेले आफुलाई स्वच्छ रुपले सहयोग गर्ने मान्छे भेटायपछि सुबेदीलाई विश्वास गरिन |
hemraj
पोर्चुगलमा त्यहाको स्थाई बसोबास अनुमति प्राप्तको लागि काम हुनुपर्ने र राजस्व नियमित बुझायको हुनुपर्ने प्रावधान रहेको छ | सोहि अनुरुप निर्मलालाई हेमराजले विगत ६ महिना अघि  आफ्नो पसलमा कामको कन्ट्रयाकट दिय र उनलाई पसलमै काम दिय | सोहि बिचमै निर्मला संग हेमराजले पसलमा केहि रकम आवस्यक परेकोले १५ सय यूरो आवस्यक परेकोले सापटी लिय | उनले पनि विस्वास गरेरै पटक पटक गरेर दिईन | त्यसको लगत्तै निर्मलाले जापान रहेको आफन्तलाई रकम पठाउनु थियो | उनीसंग त्यहाको स्थाई बसोबासको प्रमाण नभयकाले त्यहाको  कागज भयको कुनै साथीको खोजीमा थिइन् | त्यसैक्रममा हेमराजले मैले पठाईदिन्छु भन्दै निर्मलाको २४सय रकम लिय | रकम माग्दा सुवेदीले आज दिन्छु भोलि दिन्छु भन्न थाले तर दियनन| नदियपछी निर्मला संग हेमराजले झगडा नै गरे | रकम दियको भोलि पल्ट पठायको प्रमाण माग्दा हेमराजले दियनन | पर्सिपल्ट हुदै धेरै दिनसम्म नदियपछि उनीमा हेमराज प्रति संका बढ्यो | आफ्नो रकम खाइदियपछि निर्मला पिडामा परिन | दिन बित्दै गयपछि हेमराजले उल्टै निर्मलालाई थर्काउन थाले | उनि बसेकै घरमा गयर अपच शब्द बोल्ने ,बेइजेत गर्ने जस्ता घृणित  बोलि बोल्ने गरेको पिडित निर्मलाले बताइन | त्यसपछि उनले हेमराजको पसलमा काम गर्न जान छाडिन| उक्त रकम मध्य पसल चल्दा चल्दै  ८ सय यूरो जति सुवेदीले फिर्ता गरेको पिडित निर्मला  बताउछिन |
पछि ब्यापार राम्रो नाभयपछी हेमराजको पसल बन्द भयो | उनि फाल्टु बने | धेरैको रकम फस्यो | एक पोर्चुगाली नागरिकको पनि रकम खाइदिय | तिनले पुलिसमा केस गर्न जान्छु भन्दा केहि नेपालीले सम्झायर जान नदियको लिस्वन निवासी केहि नेपालीहरु बताउछन |
पछि एन आर एन पोर्चुगलका पुराना तथा नया ब्यक्ति स्नाग  समस्या राखिन |तर सुनिदिने कोहि भयन | सबै पीडक हेमराजकै पक्षमा रहे | पूर्ण हमाल संग समस्या पोखिन |हमालले हेमराजलाइ र निर्मलालाई संगै राखेर कुरा गराय | त्यति खेर हेमराजले निर्मलाको  रकम छिट्टै दिन्छु भने तर त्यहा बाट छुटेपछि उल्टो निर्मलालाइ  मानसिक तनाव र अपच शब्दले गालि गर्न थाले |’पूर्ण दाइलाई किन भनिस भनेर मलाई हेमराजले धेरै पटक थर्कायो कुटनै आयो  ,मा  एकदम पिडामा छु |’निर्मलाले भनिन ‘मेरो रकम खाइदिने  नदिने अनि उल्टै मलाई हप्कीदप्की दिने |के एन आर एन को न्याय यहि हो ?अझ यस्तै व्यक्तिको एन आर ऐनमा हावी ?म जस्ता पीडितले कहिले न्याय पाउने ?’
अहिले निर्मलाले हिम्मत जुटायर कानुनी बाटोमा गयकि छिन | ५ महिना जति हेमराजको पसलमा काम गरेको रकम उनले दियनन | त्यही पारिश्रमिक प्राप्तिको लागि त्यहा स्थित श्रम मन्त्रालयको श्रमिक विभागमा ओकिल लगायर केस दर्ता गरेकी छिन | तलव कानुनी रुपमा पाउलिन तर हेमराजले खायको ३१ सय यूरो माग्दा थप पिडा भोग्नु परेको उनलाई अब एन आर एनले दिलाउन सक्नु पर्छ | अर्कोतर्फ  नैतिकताको हिसाबमा हेमराजलाई प्रवक्ता बाट हटाईदिनु पर्दछ |
अन्यथा एन आर एन पोर्चुगल  दुतावास संग एम आर पीमा भयको अनियमितता जस्तै यस्ता घृणित कार्य गर्नेहरुको संगठन भन्दा फरक नहुने देखियको छ |पिडितलाइ छिटो भन्दा छिटो न्याय दिलाउन एन आर एन लागि परोस |