कांग्रेसको नगर वडा र गाउँ अधिवेशन सम्पन्न

728

कांग्रेसको नगर वडा र गाउँ अधिवेशन सम्पन्न

13th-congress.png.pngबुटवल,  माघ । नेपाली कांग्रेसको १३ औं महाधिवेसन अन्तर्गत शुक्रबार देशभर गाउँ र नगर वडा अधिवेसन भएको छ । झण्डै साढे ४ लाख क्रियाशिल सदस्यहरु अधिवेसनमा सहभागी भएका छन् । रुपन्देहीमा भने साढे ११ हजार क्रियाशिल सदस्य छन् । अधिवेसन मार्फत नगर वडा र गाउँ कार्यसमिति चयन भएका छन् । अधिवेसन मार्फत क्षेत्रीय प्रतिनिधिहरु पनि चयन भएका छन् ।
केही स्थानमा भने अधिवेसन हुन सकेको छैन । रुपन्देहीको बगौली गााविस लुम्बिनी सांस्कृतीक नगरपालिका १ मा अधिवेसन हुन सकेन । अन्य स्थानमा शान्तिपूर्ण तरिकाले निर्बाचन सम्पन्न भएको छ ।
बुटवलमा उपमहानगरपालिका अन्गतर्गतका केही वडाहरुमा सार्वजनिक भएको नतिजा अनुसार वार्ड नं. १ मा ज्ञानु लिगल, २ मा लक्ष्मी श्रेष्ठ, ३ मा योगेन्द्रध्वज सिंमांगैडा, ४ मा धन लामा निर्वाचित हुनुभएको छ ।
त्यसैगरी ६ मा अरुणकुमार श्रेष्ठ सभापतिमा निर्वाचित हुनु भएको छ । वार्ड नं. ७ मा गौतम कालिराजको सभापतित्मा सर्वसम्मत रुपमा चयन गरिएको छ । क्षेत्रीय प्रतिनीधिहरुमा हरिप्रसाद अर्याल, हरिप्रसाद श्रेष्ठ, करुण खनाल, मनोज ध्वजु र पुष्पा श्रेष्ठ सर्वसम्मत रुपमा चयन हुनु भएको हो ।
बुटवलको वार्ड नं. ८ को सभापतिमा कृष्ण न्यौपानेलाई निर्बिरोध चयन गरिएको छ भने क्षेत्रीय प्रतिनीधिकालागि निर्वाचन भएको छ । वार्ड नं. ११ मा सभापतिमा प्रदिपकुमार श्रेष्ठलाई निर्बिरोध चयन गरिएको छ भने क्षेत्रीय प्रतिनीधिमा निर्वाचन गरिएको छ । बुटवलकै वार्ड १४ मा रत्नबहादुर थापा, १६ मा नरबहादुर मल्ल सभापती निर्वाचित हुनु भएको छ । त्यसैगरी १९ मा ओमहादुर घिमिरे, २० मा होमराजन ढकाल, २१ केशव पाण्डे र २२ मा हिमबहादुर खत्री वडा सभापति चयन हुनुभएको छ । वार्ड नं. २२ बाट क्षेत्रीय प्रतिनीधिमा जोगबहादुर खत्री, हरिहर श्रेष्ठ, मेगबहादुर सेन, दुर्गा चापागाई र महिलामा आशा पाण्डे तथा ललिता थापा निर्बिरोध निर्वाचित हुनु भएको हो । त्यस्तै वार्ड नं. १७ मा प्रेमबहादुर पौडलको सभापतित्वमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ । क्षेत्रीय प्रतिनीधिमा हरिध्वज मल्ल, वेदानीधि रिजाल, रमा खड्का, जिवकान्त काफ्ले र रामप्रसाद भुसाल निर्बिरोध निर्वाचित हुनु भएको छ ।
वार्ड नं. १२ मा खड्गबहादुर महतको सभापतित्वमा नयाँ नेतृत्व चयन भएको छ । क्षेत्रीय प्रतिनिधीहरुमा हरि लम्साल, मुक्ति अधिकारी, जेवी गुरुङ्ग, इन्द्रध्वज मल्ल, महिलामा गंगा गुरुङ्ग, चन्द्रकला बुढाथोकी सर्बसम्मत निर्वाचित हुनु भएको छ ।
बुटवलको वार्ड नं. ५ मा मतदानका क्रममा विवाद भएपछि पुन निर्वाचन गरिएको छ । पार्टीको आन्तरिक निर्वाचनमा उमेद्वारहरुको प्यानल खडा गरि निर्वाचन परिसरमै प्रचार प्रसार गरिएको भन्दै गणेश श्रेष्ठ, बलबहादुर खत्रीलगायतका युवाहरुले मत पेटिका फाल्दै मतदान भईसकेका मतपत्र च्यात्ने काम गरेपछि विवाद उत्पन्न भएको र केहीबेर निर्वाचन प्रकृया रोकिएको निर्वाचन समितिले जनाएको छ । विवाद साम्य गरि रोकिएको मतदान कार्य पुन सुचारु गरिएको थियो । यो समाचार तयार पार्दा सम्म निर्वाचन प्रकृया जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
वार्ड नं. ८, ९, १०, ११, १३ मा राती अवेश सम्म मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै तिलोत्तमा नगरपालिकाको वार्ड नं. १ को सभापतिमा बाला कुवँर र क्षेत्रीय प्रतिनीधिहरुमा ईश्वर पाण्डे, विष्णु खनाल र महिला प्रतीनिधीमा भगवती बस्याल निर्बिरोध चयन हुनु भएको छ । वार्ड नं. २ मा सभापतिमा तिर्थ पौडेल र क्षेत्रीय प्रतिनीधिहरुमा कृष्णबहादुर गौतम, खुम भण्डारी, दुर्गासिंह थापा तथा महिलामा राममायाँ पौडेल र पार्वती थापा चयन हुनुभएको छ ।
त्यस्तै वार्ड नं. ३ मा सर्बसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचत प्रकृयाबाट सभापतिमा कर्णबहादुर टण्डन र क्षेत्रीय प्रतिनीधिहरुमा हरिप्रसाद तिवारी, चिरञ्जिवी पौडेल, ढालबहादुर कार्की र महिलामा चुडाकुमारी बिष्ट र केशरी पाण्डे निर्वाचित हुनु भएको हो । वार्ड नं. ४ मा किशोर सुवेदीको सभापतित्वमा नेतृत्व चयन गरिएको छ । क्षेत्रीय प्रतिनीधिहरुमा यमबहादुर खत्री र प्रेमनारायण खरेल निर्वाचित हुनु भएको छ । वार्ड नं. ५ को सभापतिमा लालबहादुर भण्डारीलाई चयन गरिएको छ भने क्षेत्रीय प्रतिनीधिमा माधवलाल देवकोटा, बाबुराम अधिकारी र राधा पाण्डेलाई चयन गरिएको छ । वार्ड नं. १२ मा सभापतिमा गणेश शर्मा निर्वाचित हुनु भएको छ भने क्षेत्रीय प्रतिनीधिहरुमा भेषराज पाण्डे, नारायण पौडेल, चिरञ्जिवी बस्याल र महिलामा कविता राना तथा मिस्सु शाहीलाई चयन गरिएको छ ।
त्यस्तै रुपन्देहीको सैनामैना नगरपालिकामा वडा नम्बर १ मा चिन्तामणी भुसाल, २ मा तुल्सीराम घिमिरे, ३ मा हरिहर पछाई ४ मा धनबहादुर कार्की, ५ मा सुवास पौडेल, ६ मा ढुण्डीराज न्यौपाने वडा सभापति हुनुभएको छ । त्यस्तै ७ मा तुल्सी पोखरेल, ८ मा हरि घिमिरे, ९ मा नारायण खनाल, १० मा महोदत्त ढकाल, ११ मा गोपाल पोखरेल, १२ मा लिलाधर भण्डारी र १३ मा भगवती चौधरी वडा सभापति चयन हुनुभएको छ ।