बुटवलको थाईरोल्यावमा अव बाँझोपन र पाठेघरको मुखको क्यान्सर परीक्षण

1.3K

बुटवलको थाईरोल्यावमा अव बाँझोपन र पाठेघरको मुखको क्यान्सर परीक्षण

बुटवलको थाईरोल्यावमा बाँझोपनाको समस्या भएका पुरुषको विर्यको परीक्षण र पाठेघरको मुखको क्यान्सर हुनु अगावै प्रि क्यान्सर स्क्रिनिङ् परीक्षण सुरु गरिएको छ । उक्त ल्यावमा सिमेन मर्फोलोजी र आर.टि.पि.सि.आर. मेसिन इन्स्टलेसन गरी अत्याधुनिक परीक्षण सुरु गरिएको ल्यावका प्रवन्ध सञ्चालक दीपु केसीले जानकारी गराउनु भयो ।
अहिलेसम्म यस क्षेत्रमा हुँदै आएको परीक्षण पद्धतीलाई विस्थापित गर्दै अत्याधुनिक सिमेन (शुक्रकिट) अनालाईजर मेसिन ल्याईएको हो । सिमेन एनालाईजर मेसिनबाट शुक्रकिटको मात्रा, शारीरिक बैज्ञानिक बनावट, शुक्रकिटको चलायमान क्षमता, गुणस्तरको एकमुष्ट परीक्षण गरी रिपोर्ट प्रदान गर्ने स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. विवि राउतले जानकारी गराउनु भयो । जसले बाँझोपन उपचारमा चिकित्सकलाई सहज र ढुक्क बनाउन मद्धत गर्ने उहाँले बताउनु भयो ।

सिमोन मर्फोलोजीमा पुरुषमा हुने प्रजनन् क्षमताको दर पहिचान गरिन्छ । सिमेन एनालाईजर मेसिन बुटवलमै पहिलो हो । यसले वीर्यको संरचनाका आधारमा पुरुष प्रजनन क्षमताको मूल्यांकन गर्दछ । त्यस्तै पुरुष प्रजनन् असक्षमताको कारणको पहिचान पनि गर्ने भएकाले उपचारमा सहजता ल्याउने विपासाना फोर्टीलिटी सेन्टरकी डा. लक्ष्मी भट्टराईले बताउनु भयो । त्यसबाहेक संरचनात्मक समस्याहरूको पहिचान, सहायक प्रजनन प्रविधिको मार्गनिर्देशन, स्वास्थ्य र जीवनशैलीका कारकहरूको निगरानी, आनुवंशिक वा हर्मोनसम्बन्धी विकारहरूको पहिचान तथा चिकित्सा उपचारपछि प्रगतिको पूर्वानुमान गर्न मद्धत गर्ने उहाँले बताउनु भयो ।

त्यसैगरी संक्रामक रोगहरूको पहिचानका लागि आर.टि.पि.सि.आर. मेसिन ल्याईएको हो । यसले प्रयोगशालामा संस्कार गर्न वा बढ्न गाह्रो हुने रोगजनकहरू पत्ता लगाउँछ । यो आर.टि.पि.सि.आर. पाठेघरको मुखको क्यान्सर स्क्रिनिङलाई प्राथमिकता दिएर ल्याइएको ल्यावका प्रवन्ध सञ्चालक केसीले बताउनु भयो । यसले विभिन्न संक्रामक रोगहरुको पहिचान गर्न, संकलित नमुनालाई काठमाण्डौं लैजानुपर्ने बाध्यतालाई पनि अन्त्य गरेको डा. राउत बताउनु हुन्छ । उहाँका अनुसार यसले विशेष गरेर पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ् सम्बन्धि बरदान मानिएको एच.पि.भि. डि.एन.ए. टेष्ट लगायत कोभिड १९ पहिचान, विभिन्न व्याक्टेरिया, भाईरस एवम् शुक्ष्म जीवाणुहरुद्वारा हुने संक्रमणसंग सम्बन्धित परीक्षण र निदानमा ठूलो भूमिका रहन्छ ।
यसले क्यान्सर कोशिकाबाट उत्पन्न हुने जेनेटिक असामान्यताहरू वा डि.एन.ए. खण्डहरू पत्ता लगाउँछ । त्यस्तै वंशानुगत रोगहरू गराउने उत्परिवर्तन वा जेनेटिक भिन्नताहरूको पहिचान गर्दछ । एन्टिबायोटिक वा अन्य उपचारप्रति प्रतिरोधी जीनहरू पत्ता लगाउँछ, जसले लक्षित उपचारमा मद्दत गर्दछ । त्यसबाहेक कोभिड–१९ को पहिचानसमेत गर्ने स्त्रिीरोग विशेषज्ञ डा. नारायणबहादुर जिसीले बताउनु भयो ।

अत्याधुनिक सिमेन मेसिनबाट बाझोपनाको परीक्षण र पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ् सुरु गरेको थाईरोल्यावले त्यस विषयमा जानकारी गराउन चिकित्सकहरुका लागि अभिमुखिकरण कार्यक्रम गरेको थियो । कार्यक्रममा बबुटवल भैरहवाका स्त्री तथा प्रसुती रोग विशेषज्ञहरु सहभागि थिए । थाईरोल्यावका अध्यक्ष डा. सुनिल सुनारको अध्यक्षतामा भएको कार्यक्रममा एभरेष्ट ट्रेडलिंक नेपाल प्रा.लि.का सेल्स एण्ड एप्लिकेशन हेड पद्मरत्न मानन्धरले सिमोन मर्फोलोजी र पि.सि.आर. मेसिनका बारेमा जानकारी गराउँदै त्यसले कसरी काम गर्छ जस्ता विषयमा जानकारी गराउनु भएको थियो ।