गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँर विरामीका सारथी बन्नुभएको छ । पालिकाबासीलाई अफ्ठ्यारो परेका बेला कसरी सेवा गर्न सकिएला भन्ने सेवाभावका धनी कुवँरले पालिकाबाट आफूले प्राप्त गरेको सेवा सुविधा वापतको रकम समेत गरिव, विपन्नको उपचारमा सहयोग गर्दै आउनु भएको छ ।
गाउपालिकाका गरिव विपन्न परिवारका सदस्य बिरामी परेका वेला होस, या दुर्घटना परेका वखत, उहाँ हर हमेसा उनीहरुको सेवामा खटिने गरेको पालिकामा राम्रै चर्चा छ ।
यसै क्रममा उहाँले दुर्घटनामा परि घाईते भएका दुई जनालाई उपचारको लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ । उहाँले मेरुदण्ड भाँचिएर घाईते मदाने गाउँपालिका वडा नं. ५ मलागिरी पयौपाटा निवासी जगत खड्काको उपचारको लागि १० हजार रुपैंया प्रदान गर्नुभएको छ । खड्काको बुटवलमा उपचार भईरहेको पनि उहाँले जानकारी गराउनु भयो ।
त्यस्तै लडेर मेरुदण्ड भाँचिएकी वडा नं. ३ सिर्सेनी छाप निवासी दुर्गा सार्किको उपचारको लागि पनि उहाँले घरमै पुगेर १० हजार रुपैंया आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
नेपाली काँग्रेस मदाने गाउँपालिकाका सभापति समेत रहनु भएका कुवँरले गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि आफूले पाउने सेवा सुविधा वापतको रकम सिधै पार्टीको खातामा जाने व्यवस्था मिलाउनु भएको छ भने र उक्त रकम पार्टीको निर्णयमा खर्च गर्ने गरिएको नेपाली काँग्रेस मदानेले जनाएको छ