सरकारले सञ्चालन गर्न लागेको पाठेघरको क्यान्सर विरुद्धको एच.पि.भि. खोप अभियानलाई प्रभावकारी बनाउन नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले किशोरीहरुलाई अभिमुखीकरण गर्ने कार्यक्रम तय गरेको छ ।
नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीको बिहिबार बसेको कार्यसमितिको बैठकले क्यान्सर रोग बिरुद्धको खोप कार्यक्रमलाई सघाउन यहि माघ १९ गते किशोरीहरुलाई अभिमुखीकरण गर्ने निर्णय गरिएको सचिव प्रजापाल गिरीले बताउनु भयो ।
बैठक नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीका सभापति खिमबहादुर हमालको अध्यक्षतामा भएको थियो । उक्त अभिमुखिकरण कार्यक्रम माघ १९ गते विहान ११ बजे नेपाल परिवार नियोजन संघको सभाहलमा गरिने छ ।
पाठेघरको मुखमा हुने क्यान्सरका कारण मृत्यु हुनेको संख्या अत्यधिक भएपछि त्यसलाई घटाउनको लागि सरकारले विद्यालय जाने कक्षा ६ देखि १० सम्मका बालिका र विद्यालय नजाने १० देखि १४ वर्षका किशोरीहरुलाई यो खोप अभियान सुरु गर्न लागेको छ । यो खोप अभियान माघको २२ गतेदेखि सुरु हुनेछ ।