कांग्रेस बुटवल उपमहानगरको अधिवेसन आईतबारदेखी

304

कांग्रेस बुटवल उपमहानगरको अधिवेसन आईतबारदेखी

vote-congress-768x576

बुटवल /नेपाली कांग्रेस बुटवल उप-महानगरपालिको अधिवेसन आईतबारदेखी शुरु हुने भएको छ ।  नेपाली काग्रेस बुटवल उप महानगरपालिका सभापति खेलराज पाण्डेले आज सनिबार बुटवलमा पत्रकार सम्मेलन गरेर भोली आईतबार बुटवल उद्याेग बाणिज्य संघको हलमा निर्वाचनको प्रकृया शुरु गर्ने र पर्सि सोमबार कान्ती माविको हलमा निर्वाचन गर्ने तयारी गरेको जानकारी दिनुभएको छ ।
बुटवलमा सवै बार्ड र क्षेत्रीय प्रतिनिधीहरुमा निर्वाचन सम्पन भएको छ।आईतबार जिल्ला निर्बाचन समितीको निर्णय अनुसार उद्याेग बाणिज्य संघको हलमा निर्वाचनको औपचारिक उद्धाटन गर्ने र उम्मेदबारी मनोनयन दर्ता , उम्मेदारी बिरुद्ध दावी बिरोध तथा अन्तिम नामाबली प्रकासन गर्ने काम सकिनेछ ।सोमबार कान्ती माविमा निर्बाचन हुने छ । उक्त निर्वाचनमा बुटवलका करिव ३४ काग्रेसका क्रियासिल सदस्यहरु मतदाता रहन्छन् ।