बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिकानगर भुवनसिङमार्गमा रहेको इन्टलेक्चुअल एकेडेमीमा खाना महाेत्सवसंगै विद्यार्थीकाे स्वास्थ्य परीक्षण गरिएकाे छ ।
विद्यालयका सल्लाहकार एवं लुम्बिनी प्रादेशिक अस्पतालका नाक कान तथा घाटीरोग बिभागका प्रमुख डा. बिष्णु शर्माको नेतुत्वमा गरिएको निशुल्क परिक्षणमा तिलोत्तमा हस्पिटल बुटवलका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. मोहनलाल तिवारी, लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ बालबिषेशज्ञ डा. नेत्रबहादुर राना, कन्सलटेन्ट फिजिसियन डा. सागर पौडेल, नाक कान घाटी रोग विशेषज्ञ डा .सबिता अर्यालले विद्यार्थी तथा अभिभावकको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
बिहिवार नै कक्षा ६ देखि ९ सम्मका विद्यार्थीले खाना महोत्सव गरेका छन् । खाना महोत्सवमा विद्यार्थीले परम्परागत नेपाली खानाका प्रकारहरु बनाएर अभिभावकहरुलाई खुवाएका थिए । सोही महोत्सवमा कक्षा ५ का विद्यार्थीले फलफुल र तरकारीका गेडागुडीको स्टल राखेर बिक्रि वितरण गरेका थिए ।
स्वास्थ परीक्षण र खाना महोत्सवसंगै तेस्रो त्रैमासिक परीक्षाको नतिजा पनि सार्बजनिक गरिएको थियो ।
