प्याव्सन लुम्बिनीकाे अध्यक्षमा पाण्डे

1.3K

प्याव्सन लुम्बिनीकाे अध्यक्षमा पाण्डे

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) लुम्बिनी प्रदेशकाे अध्यक्षमा पुन: लालहरी पाण्डे निर्वाचित हुनुभएकाे छ । बिहिबार बुटवलमा सम्पन्न अधिवेशनले पाण्डेकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेकाे हाे ।
अध्यक्षमा निर्वाचित पाण्डेले २१७ मत प्राप्त गर्दा अर्का प्रत्यासी लेखनाथ पौडेलले १३७ मत प्राप्त गर्नु भएकाे निर्वाचन समितिले जनाएकाे छ । अधिवेशनमा अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष र सचिव पदमा निर्वाचन भएकाे थियाे भने बाँकी पदमा निर्विराेध भएकाे थियाे ।
वरिष्ठ उपाध्यक्ष पदमा २११ मत सहित धनराज चापागाई निर्वाचित हुदा अर्का प्रत्यासी केशव सापकाेटा १४४ मत प्राप्त गर्नुभयाे ।
सचिव पदमा कृष्णप्रसाद शर्मा १८७ मत सहित निर्वाचित हुनुभयाे भने अर्का प्रत्यासी यमबहादुर रावलले १७१ मत प्राप्त गर्नुभएकाे छ । त्यसबाहेक २ उपाध्यक्ष पदमा अमरराज सुवेदी र महेशमान बज्राचार्य निर्बिराेध निर्वाचित हुनुभएकाे छ ।
त्यस्तै कोषाध्यक्ष पदमा महेश भूर्तेल, सह-सचिवमा राजेन्द्रकुमार आचार्य तथा कार्यसमिति सदस्यहरुमा उपेन्द्र गुप्ता, पुर्णबहादुर थापा, राजु यादव, रोषन श्रेष्ठ र हरि ज्ञवाली निर्विराेध निर्वाचित हुनुभएकाे छ ।