कांग्रेसमहाधिवेशन-कसकसले हारे रुपन्देहीबाट ?

798

कांग्रेसमहाधिवेशन-कसकसले हारे रुपन्देहीबाट ?

13th-congress.png.pngबुटवल/ नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट जिल्लामा ख्याती कमाएका कतिपय व्यक्तिहरु समेत बाहिरिएका छन् । कतिपय स्थानमा व्यक्तिगत छवीका कारण र कतिपय स्थानमा प्यानल विभाजन गरि भएका प्रतिस्पर्धाबाट त्यस्ता व्यक्तिहरु बाहिरिएका हुन ।
हुन त पार्टीमा माथिल्लो तहमा रहेका व्यक्तिहरु चुनावी मैदानमै उत्रिनुपर्ने बाध्यकारी नभएकाले पनि उपल्लो तहमा रहेका व्यक्तिहरु चुनामी मैदानमै आर्लीएनन् । जसका कारण त्यस्ता व्यक्तहरु प्रारम्भिक क्षेत्रीय प्रतिनीधिमा सुरक्षित रहन पुगे ।
पार्टीका केन्द्रिय सदस्य, सांसस र संविधान सभाको पल्लिो निर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धामा गरेका तथा समानुपातिकमा रहेका नेताहरु क्षेत्रीय प्रतिनीधि पदकालागि प्रतिस्पर्धा गर्नु नपर्ने केन्द्रिय समितिले प्रावधान बनाएपछि केन्द्रिय सदस्यहरु बालकृष्ण खाँण, बाबुराम राना, पूर्व केन्द्रिय कोषाध्यक्ष रामकृष्ण ताम्राकार, जिल्ला सभापति अब्दुल रज्जाक, समानुपातिक सुचिमा रहेका उपसभापति मनोरमा सेरचन र रमा अर्याललगायत क्षेत्रीय प्रतिनीधिमा प्रतिस्पर्धा गर्नुपरेन ।
नेता खाँण क्षेत्र नं. ३ का सांसद पनि हुनुहुन्छ भने ताम्राकार क्षेत्र नं. २ मा प्रतिस्र्धा गर्नुभएको थियो । त्यस्तै जिल्ला सभापति क्षेत्र नं. १ का सांसद हुनुहुन्छ भने नेतृहरु शेरचन र अर्याल समानुपातिकको सुचिमा हुनुहन्थ्यो । त्यस्तै क्षेत्र नं. ५ का सांसद भरतकुमार शाह, ६ मा प्रतिस्र्धा गरेका अष्टभुजा पाठक र ७ मा प्रतिस्पर्धा गरेका दिनेश त्रिपाठी पनि क्षेत्रीय प्रतिनीधिमा सुरक्षित हुनुभयो ।
तर जिल्लामा राम्रै ईमेज बनाएका संघसंस्था हाँकेका व्यक्तिहरुले पनि क्षेत्रीय प्रतिनीधिबाट हात धुनु प¥यो । त्यसरी क्षेत्रीय प्रतिनीधिबाट बाहिरिनेहरुमा पार्टीको उपल्लो तहका नेताहरु कमै परेभने जिल्लामा आफ्नो बलियो पकड बनाएकाहरु र अगाडी पदका आकांक्षिहरु भने बाहिरिन बाध्य भएका छन् ।
क्षेत्रीय प्रतिनीधिमा उमेद्वारी दिएका पार्टी रुपन्देहीका जिल्ला सदस्यहरु लक्ष्मण आचार्य क्षेत्री, शक्ति प्रशन्न गिरी, खडानन्द खनाल, पूर्व बुटवल नगरसभापतिहरु रामप्रसाद खनाल, राधेश्याम राजभण्डारी, नेपाल तरुणदलका केन्द्रिय सदस्य चिरञ्जिवी जोशी, बुटवल नगर उपसभापति बिमलराज भट्टराई, पूर्व नगर उपसभापति हरिप्रसाद पन्त, नेपाल बिद्यार्थी संघ रुपन्देहीका सभापति प्रकास राना पनि वडाबाटै बाहिरिनु भएको छ ।
त्यस्तै व्यसायिक संघसंस्था हाँकेका व्यक्तिहरु बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंह, पूर्व अध्यक्षहरु ज्ञानेन्द्र कसजु, अर्जुनमान सैंजु, नवराज श्रेष्ठ, मजदुर नेता प्रकाश पाठक, नेपाल शिक्षक संघ रुपन्देहीका उपाध्यक्ष लालप्रसाद पंगेनी, पार्टीका क्षेत्र नं. ५ का क्षेत्रीय सचिव रणबहादुर खनाललगायतको राजनीतिमा अंगाडी बढ्ने यात्रा वडाबाटै टुङ्गिएको छ । बिद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य हरि न्यौपाने पनि क्षेत्रीय प्रतिनीधिबाट बाहिरिनु भएको छ ।
नेपाली कांग्रेसको क्षेत्र नं. ४ मा क्षेत्रीय सभापतिमा चर्चा चलेका नेताहरु हरि लम्साल, बालकुमारी भण्डारी र गोबिन्द लम्साल सर्बसम्मत भएपनि क्षेत्रीय वर्तमान सभापति हरिबहादुर आचार्य र सचिव काजिमान श्रेष्ठले भने चुनावी प्रतिस्र्धाको सामना गरि क्षेत्रीय प्रतिनीधिमा निर्वाचित हुनु भएको छ । त्यस्तै नगर समितिको सभापतिमा चर्चामा रहेका वर्तमान सभापति खेलराज पाण्डे, जमुना ढकाल एउटै वडाबाट क्षेत्रीय प्रतिनीधिमा सर्बसम्मत हुनु भएको छ भने अर्का आकांक्षि प्रजापाल गिरी र कृष्णप्रसाद वेलवासे भने आफू नगरमा जाने भएकाले क्षेत्रीय प्रतिनीधिमा अरुलाई स्थान दिएको बताउनु हुन्छ ।