बुटवल/ नेपाली कांगेसको १३ औं महाधिवेशन अन्तरगत रुपन्देहीका नगरमा आईतबारदेखि निर्वाचन प्रकृया शुरु भएको छ । रुपन्देहीका ६ वटा नगरपालिकामा झण्डै ७ हजार ५ सय क्रियाशिल सदस्य छन् ।
आगामी ५ वर्षे कार्यकालमा नेतृत्व लिनकालागि बुटवल नगर समितिको सभापति पदमा ४ जनाको उमेद्वारी परेको छ । सभापति पदमा आशिस न्यौपाने, कृष्ण वेलवासे, खेलराज पाण्डे र प्रजापाल गिरीको उमेद्वारी परेको छ । सचिव पदमा भने तीन जनाको उमेद्वारी परेको छ । सचिवमा अजय रावल, कृष्णदेव भण्डारी र ज्याति भण्डारीको उमेद्वारी परेको हो भने कोषाध्यक्ष पदमा मनोज ध्वजु र मात्रिकाप्रसाद गहतराजको उमेद्वारी गरेको निर्वाचन आयुक्त गोबिन्द मरासिनीले बताउनु भयो ।
निर्वाचन समितिका अनुसार सोमबार बिहान दश बजेदेखि मतदान शुरु हुने छ । बुटवल नगरपालिकामा नेपाली कांग्रेसका करिव ३ हजार ३ सय क्रियाशिल सदस्य रहेका छन ।
त्यस्तै रुपन्देहीकै तिलोत्तमा नगरपालिकामा नगर सभापति पदमा दुई जनाको उमेद्वारी परेको छ । सभापति पदमा शरद भट्टराई र हरिलाल पाण्डे, सचिवमा भेषराज पाण्डे र शिवप्रसाद गैरे तथा कोषाध्यक्ष पदमा कल्याणप्रसाद पौडेल र जगतप्रसाद पौडेलको उमेद्वारी परेको छ । ८ जना नगर सदस्य पदमा भने १९ जनाको उमेद्वारी परेको निर्वाचन अधिकृत माधव घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै सैनामैना नगरपालिकामा नगर सभापतिको लागि ४ जनाको उमेद्वारी परेको छ । रामप्रसाद अधिकारी, नारायणप्रसाद खनाल, कृष्णप्रसाद पोखरेल र रघुनाथ घिमिरेले नगर सभापतिमा उमेद्वारी दिनुभएको हो । देवदह नगरपालिका नगर सभापति पदमा दुई जनाको उमेद्वारी परेको छ । नगरसभापति पदमा ताराप्रसाद पराजुली र गुणखर भुर्तेलको उमेद्वारी परेको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगर समितिको सभापतिमा तिलकराम ज्ञवाली र दिलिप धितालको उमेद्वारी गरेको छ । त्यस्तै सचिव पदमा सञ्जिव शर्मा निर्बिरोध निर्वाचित हुनु भएको छ । कोषाध्यक्षमा राजकुमार गुप्ता र नारायण न्यौपानेको उमेद्वारी परेको छ । क्षेत्रीय प्रतिनीधिमा भने आदिबासी जनजातीबाट निधानचन्द्र श्रेष्ठ, तुलाराम गुरुङ् र थमन पुन, दलितबाट गोपाल बिक, राजकुमार घिमिरे र रामकिसन बिक, मधेशी तथा अल्पसंख्यकबाट फकरुद्धिन मुसलमान, प्रेमलाल यादव र युवकला पाण्डे दास निर्बिरोध हुनु भएको छ ।
यसैगरी कपिलबस्तुको कृष्णनगर नगरपालिकाको नगर सभापतिमा चुन्नाप्रसाद उपाध्याय निर्बिरोध निर्वाचित हुनु भएको छ । शनिबार भएको नगर अधिवेशनबाट सचिव पदमा गणेश अग्रहरी र कोषाध्यमा सगिर अहमद खाँ तथा सदस्यहरुमा षढानन्द उपाध्याय, सितला मल्ल, देवीलाल उपाध्यायलगायत निर्बिरोध निर्वाचित हुनु भएको छ ।