रुपन्देहीमा कांग्रेस चुनाव नतिजा : सिनपा,देबदहमा नँया नेतृत्व,बुटवलमा मतदान

रुपन्देहीमा कांग्रेस चुनाव नतिजा : सिनपा,देबदहमा नँया नेतृत्व,बुटवलमा मतदान

nc-chunab-butwal

बुटवल /रुपन्देहीका सिद्धार्थनगर, देवदह नगरपालिकामा काग्रेसको नया नेतृत्व चयन भएको छ भने बुटवल सैनामैना र तिलोत्तमामा नेतृत्व चयनका लागि आज मतदान भएको छ । हिजो मतदान भएको सिदार्थनगर सभापतीमा दिलिप धिताल विजयी हुनु भएको छ । त्यस्तै सचिवमा संजीव शर्मा रेग्मी निर्विरोध र कोषाध्यक्षमा राज कुमार गुप्ता निर्वाचनबाट विजय हुनु भएको छ ।

हिजै मतदान भएको देवदहको सभापतिमा गुणखर भुर्तेल निर्वाचित हुनु भएको छ । त्यस्तै सचिवमा अर्जुन पोख्रेल विजयी हुनु भएको छ ।यसैगरी लुम्बिनीमा महमद सफिक खान विजयी हुनु भएको छ । आज तिलोत्तमा र सैनामैनामा आज दिउसो मतदान सकिएको छ भने बुटवल उपमहानगरपालिकामा अहिले पनि मतदान भइरहेको छ ।तिलोत्तमा र सैनामैनामा अहिले मतगना सुरु गर्ने तयारी भइरहेको छ । बुटवलमा मतदान अन्तिम चरणमा पुगेको छ । केहीबेरमा मतदान सकिने निर्वाचन अधिधृत गोबिन्द पन्थिले जानकारी दिनु भयो । बुटवल उपमहानगरपालिकामा सभापतिमा ४ जना प्रतिष्पर्धामा हुनुहुन्छ ।बर्तमान सभापति खेलराज पाण्डे, सचिव प्रजापाल गिरी,मजदुर नेता कृष्ण प्रसाद बेल्वासे र शिक्षक आषिष न्यौपानेले सभापतिमा उम्मेद्धारी दिनु भएको हो । त्यस्तै सचिवमा ज्योति भण्डारी, कृष्णदेव पाण्डेले उम्मेद्धारी दिनु भएपनि मतदान भइरहेका बेला कृष्णदेवले ज्योतिलाई समर्थन गरेको घोषणा गर्नु भएको थियो ।कोषाध्यक्षमा मनोज ध्वजु, र मातृका गहतराज प्रतिष्पर्धामा हुनुहुन्छ ।तिलोत्तमा नगरमा सभापति सहित पदाधिकारीमा २-२ जनाबीच प्रतिष्पर्धा भएको छ । सभापतिमामा हरिलाल पाण्डे र शरद भट्टराई, सचिवमा शिव गैरे र भेषराज पाण्डे तथा कोषाध्यक्षमा जगत पौडेल र कल्याणप्रसाद पौडेल प्रतिष्पर्धामा हुनुहुन्छ । सैनामैनाको सभापतिमा ४ जना प्रतिष्पर्धामा हुनुहुन्छ । नारायण खनाल, रामप्रसाद अधिकारी, कृष्ण प्रसाद पोख्रेल रघुनाथ घिमिरले सभापतिमा उम्मेद्धारी दिनु भएको हो ।  सचिवमा तेज वहादुर रेग्मी र लोकनाथ अधिकारी तथा कोषाध्यक्षमा प्रेम वहादुर खड्का र राधिका वलाल प्रतिष्पर्धामा हुनुहुन्छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •