१३ औ महाधिवेशन नजिकैदै जादा युरोपमा भएका जन सम्पर्क समितिहरुको रौनक बेग्लै(अडियो रिपोर्ट सहित)

641

१३ औ महाधिवेशन नजिकैदै जादा युरोपमा भएका जन सम्पर्क समितिहरुको रौनक बेग्लै(अडियो रिपोर्ट सहित)

सन्तोष न्यौपाने
ब्रसेल्स/बेल्जियम


अहिले नेपालमा नेपाली कांग्रेसको १३ औं महाधिवेशन नजिकिँदै जाँदा नेता कार्यकर्तामा रनौकता छायको छ । तर, क्रियाशिल सदस्यताको विवादले पार्टी कार्यालयमा अनशन बस्नेको पनि कमि छैन । कार्यालयमा जम्मा भएका कार्यकताले गुटगत रुपमा ठूला नेता विरुद्ध नाराबाजी र हुटिङसमेत गर्न थालेको स्थिति स्वदेशमा रहेको छ । तर प्रवासमा भने त्यसको ठिक उल्टो स्थित छ| केहि समय अघि सम्म विवादित रहेको जनसम्पर्क समिति र यसमा आबद्ध कार्यकर्ताहरु अहिले एकबद्ध भयका छन |सबैले एउटै आवाज दियका छन त्यो हो ‘मेलमिलाप’को ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशन नजिकिँदै जाँदा नेता कार्यकर्ता नयाँ नेतृत्व कसरी र कसको भन्ने बहस र प्रतिष्पर्धामा व्यस्त छन् |। देशभित्र मात्र होइन, विदेशमा रहेका कांग्रेस पार्टी कार्यकर्तालाई समेत महाधिवेशनको रौनकले छोएको छ । यूरोपमा जर्मनी र नेदर ल्याण्ड बाट महासमिति प्रतिनिधि र महासमिति सदस्य चयन भैसकेका छन | बेल्जियममा को जाने भन्नेमा सहमति अन्तिम चरणमा पुगेको छ भने अन्य देशहरुमा जन सम्पर्क समितिहरुले बैठक राखेर छलफल गर्दै छन |

महाधिवेशन नजिकैदै जादा युरोपमा भएका जन सम्पर्क समितिहरुको रौनक बेग्लै छ । सबै समितिहरु म्हाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चुन्नमै ब्यस्त देखिन्छन । युरोपबाट ५सय क्रियासिल सदस्य गराएवापत प्रत्यक जनसम्पर्क समितिहरुले ७ जना प्रतिनिधि पठाउन पाउने ब्यवस्था रहेको छ ।जसमा बेलायत,बेल्जियम,डेनमार्क,स्पेन,नेदरल्याण्ड र पोर्चुगल रहेका छन ।युरोपमा यि देशहरुबाट सकभर सहमतिकै प्रतिनिधि चयन गरिरहेका छन।

नेपाली जनसम्पर्क समिति नेदरल्याण्डको सम्पन्न क्रियाशील सदस्यहरुको भेलाले ३ जना महासमिति सदस्य र चारजना महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।नारायण आचार्य, दीपक रेग्मी, ठाकुरप्रसाद शर्मा महासमिति सदस्यमा चयन भए । यस्तै शशी पौडेल, सालिक गौतम, प्रेमजंग गुरुङ, विकास शर्मा महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । नेपाली जनसम्पर्क समिति नेदरल्याण्डमा ५ सय १५ जना नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु छन् ।

स्वदेशमा मात्रै होइन युरोपबाट पनि नेपालि कागं्रेसको नेतृत्व अब नया पुस्तामा सर्नुपर्ने धेरै काग्रेसिहरुको माग रहेको छ । अग्रन नेताहरुलाई उचित सम्मान दिदै अब नया पुस्तामा हस्तान्तरण गरिनुपर्ने र सोहि तर्फ नेतृत्व पत्ति जानुपर्ने धेरैको जोड रहेको छ ।

त्यसो त नेपालको नया सविधानले एन आर एनलाई राजनैतिक बाहेक सबै अधिकार प्रदान गरेको छ । सविधान अनुसार जाने हो भने काग्रेसको मात्रै होइन सबै भातृ संगठनको राजनिति युरोप लगायत प्रवासमा औचित्यहिन देखिन्छ । तर यिनैका कार्यकर्ता भने यो नियम पनि परिवर्तन हुने तथा आफुहरुले गर्ने उनिहरु जिकिर गर्छन ।कांग्रेसको महाधिवेशन संगै युरोपमा रहेका भातृसंगठनहरुको चहलपहलले कान्ग्रेसीहरुमा चाडवाड आए जस्तै गराएको छ । तर प्रवाशमा बसेर गरिने राजनितिले वाक्क भएकाहरु भने यसलाई कागलाई बेल पाक्यो हर्ष न विस्मात झै भएका छन ।