पोर्चुगलका नेपालीले फेसबुककै स्टाटसमा विस्वास गर्दा धेरैले कागजपत्र गुमाय(अडियो सहित )

1.1K

पोर्चुगलका  नेपालीले  फेसबुककै स्टाटसमा विस्वास गर्दा धेरैले कागजपत्र गुमाय(अडियो सहित )

ब्रसेल्स/बेल्जियम

 

पोर्चुगल निवासी सुस्मि पुलामी मगरले आफ्नो कागज पत्र ल्याइदिने मान्छे खोजिरहेकी थिइन् | त्यसै क्रममा फेसबुकमा अनुप देउजाले पोर्चुगल आउदै गरेको र केहि आवस्यक डकुमेन्ट भय ल्याइदिने भनेर लेखेको देखेपछि उनैलाई ल्याइदिन भनिन | नेपालमा उनको सम्पर्क न मा उनको आफन्तले सम्पर्क गरे र कागजपत्र दिय | र अनुपले कागजपत्रको साथमा २५ सय देखि ३ हजार रुपिया सम्म लिय | पिडित सुस्मि मगरको कुरा अनुसार पीडितले त्यो रकम एयरपोर्ट मा प्रहरीलाई बुझाउनु पर्ने थियो | तर अहिले सम्म उनको कागज पत्र आयको छैन न त् ल्याइदिने ब्यक्ति सम्पर्कमै छन |

त्यसो त् सुस्मि मात्रै होइन पोर्चुगलका धेरै नेपालीहरु अहिले यो समस्या बाट पिडित रहेका छन | तर अनुप देउजालाइ चिनेको र उनको सम्पर्क न कसैसंग नभयको भेटियो | केवल फेसबुकको स्टाटसको भरमा विस्वास गरेर धेरैले आफन्तलाई कागज पत्र पठाइदिन भने तर आयन | पिडितहरुका कुरालाई मान्ने हो भने अनुपले उनीहरुका आफन्त बाट प्रति ब्यक्ति ३ हजार नेपालि रुपिया सम्म रकम असुलेका छन | अरुको प्रहरी रिपोर्ट र कागजपत्र ल्याउदा नेपाल प्रहरीले उक्त रकम लिने उनले बतायका थिय |

अर्को तर्फ अहिले अनुप देउजा अस्ट्रेलिया बसेको र ठगेको भन्दा आरोप पनि लगाइयको छ | तर जसरि पिडितहरुले ब्रिसबेन अस्ट्रेलिया बस्ने अनुपलाई आरोप लगायर अहिले फेसबूकमा बदनाम गराइयको छ त्यसरी नै अनुपले आफु माथि पोर्चुगलका नेपालीहरुले नबुझिकन चरित्र हत्या गर्न खोजेको बतायका छन |

 फेसबुकमा आयको ब्रिसबेन अस्ट्रेलिया अनुप देउजा भन्ने व्यक्तिको फोटो दुरुपयोग भयको भन्दै आरोपित अनुप देउजा ले अस्ट्रेलियन प्रहरी समक्ष साइबर क्राइमको मुद्दा दायर गरेका छन | उनको फोटोलाई हालेर नानाथरी गालि गरियको छ भने पैसा खायको आरोप पनि लगाईयको छ | तर आफ्नो नाममा कसैले फेक एकाउन्ट बनायर चरित्र हत्या गर्न खोजेको भन्ने अनुप देउजाको आरोप छ | 

अनुप कै फेसबुक हेर्ने हो भने उनको एकाउन्ट सन् २००८ मा खोलेको देखिन्छ | गत साल उनि नेपाल गयको पनि देख्न सकिन्छ | उनि यूरोप आयको वा पोर्चुगलमै भयको कुनै छनक भेटिदैन | पोर्चुगलमा भाइरल भयको यो केसले ब्रिसबेन बस्ने अनुप देउजाको व्यक्तिगत जीवनमा असर त् गरेकै छ तर पीडक अनुप को हो र सम्पर्क न कति हो भन्ने अहिले सम्म बाहिर आयको छैन |

अब ब्रिसबेन अस्ट्रेलिया बस्ने अनुपले साइबर क्राइममा मुद्दा दर्ता गरिसकेको अवस्थामा दोषी ठहरियमा फस्ने भनेकै स्टाटस राख्ने र कमेन्ट गर्ने नेपालि नै हुन् | नत्र सबै प्रमाण सहित आरोपित ब्यक्ति पक्रिन सके नतिजा फरक नहोला भन्न सकिदैन |

anup news 1