फुलबारी खानेपानीमा हिकबहादुर

1.3K

फुलबारी खानेपानीमा हिकबहादुर

बुटवल उपमहानगरपालिका वडा नं. २ मा स्थित फुलबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नया नेतृत्व चयन भएकाे छ । बुधबार भएकाे निर्वाचनमा अध्यक्ष पदमा हिकबहादुर दर्लामी विजयी हुनुभएकाे छ । दर्लामीले १९९ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्प्रर्धी अध्यक्ष पदका उम्मेदबार सन्तोष श्रेष्ठले १२७ मत ल्याउनु भयाे ।
उपाध्यक्ष पदमा कमलादेबी नगरकोटी १६० मतसहित विजयी हुनुभएकाे छ। सचिव पदमा चेतन ठाडामगर २०९ मतसहित विजयी भएकाे छ । सहसचिवमा प्रवेश बिक १६४ मत ल्याएर विजयी हुनुभयाे । कोषाध्यक्ष पदमा केशरबहादुर घर्तीमगर १९८ मतसहित विजयी हुनुभयाे ।
समितिको सदस्य पदमा शेरबहादुर थामीमगर २३९ मत, विष्णुमाया थापा १९२ मत, कमला राना १८४ तथा धनमाया नेपालीले २०५ मत ल्याएर विजयी हुनुभयाे । त्यसैगरी लेखा समिति संयोजकमा बलराम काफलेले १५४ मत ल्याएर विजयी हुनुभयाे भने सदस्यमा गणेश बहादुर सारु १८२ तथा अर्चना पन्थी १९० मत ल्याएर विजयी भएको प्रमुख निर्वाचन आयुक्त महेन्द्र थापाले बताउनु भयाे ।
समितिको शनिबार सम्पन्न दोस्रो साधारण सभा तथा प्रथम अधिवेसनसंगै नयाँ नेतृत्वमा आउने आकाक्षीको संख्या धेरै हुदा बुधबार विहानबाट मतदान प्रक्रियामा शुरु भएको थियो ।
समितिमा ७ सय ६ जना सदस्यहरु रहेकोमा निर्वाचनमा पाच सय मत खसेको थियो ।