बुटवल उपमहानगर समितिमा खेलराज पाण्डे विजयी, सचिवमा ज्योती,कोषाध्यक्षमा मनोजको जित

1.3K

बुटवल उपमहानगर समितिमा खेलराज पाण्डे विजयी, सचिवमा ज्योती,कोषाध्यक्षमा मनोजको जित

finalबुटवल ,माघ । नेपाली काग्रेस बुटवल उपमहानगर समितिको सभापतिमा खेलराज पाण्डे बिजयी हुनु भएको छ । उहाले १ हजार १ सय २८ मत प्राप्त गर्नु भएको छ । उहा निकटतम प्रतिद्धन्द्धी प्रजापाल गिरिले ७ सय ६० मत ल्याउनु भएको छ भने कृष्ण वेलवासेले ४० मत तथा आशिश न्यौपानेले ८ मत ल्याउनु भएको छ ।
त्यस्तै अध्यक्षका प्रत्यासी कृष्ण वेल्वासेले ४० र आसि न्यौपानेले ८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी सचिवमा ज्योती भण्डारी बिजयी हुनु भएको छ । उहाले १ हजार ४ सय ४८ मत प्राप्त गर्नु भएको छ । उहाका प्रतिद्धन्द्धी कृष्णदेव भण्डारीले ४ सय ६७ मत पाउनु भयो ।
यता कोषाध्यक्ष पदमा मनोज ध्वजु बिजयी हुनु भएको छ । उहाले १ हजार ६ सय ६४ मत प्राप्त गर्नु भयो । उहाका प्रतिद्धन्द्धी मातृका गहतराजले ३ सय ३१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । यस्तै सदस्यहरुमा विमलराज भट्टराइले १ हजार ३५, कला खनाल ९ सय ७, राजु गुरुङ ८ सय ८९, जय प्रकाश भट्टराइ ६ सय ९०, गोपाल पाण्डे ६ सय ११, मनोज कार्की ५ सय ६०, खडग बहादुर क्षत्री ५सय ५८ र भवानी शर्माले ५ सय ४९ मत प्राप्त गरि विजयी हुनु भएको छ । ३४ सय क्रियाशिल रहेको बुटवल उपमहानगरपालिकामा झण्डै २१ सयम मत खसेको थियो ।
त्यस्तै क्षेत्रिय प्रतिनिधिमा जनजातीबाट वोनिय पिया ८५४ मतप्रात गरिविजयी हुनु भएको छ भने ६ सय ५ मत प्रात गरि नारायण पुन विजयी भएको निर्वाचन समितिका आयुक्त गोविन्द मरासीनीले बताउनु भयो ।
त्यसैगरि दलित तर्फ ११ सय ३३ मत पप्त गरि वावुराम विक र ८८१ मत पाप्त गरि सुन्दर गहतराज विजयी हुनु भएको छ ।
त्यस्तै अल्पसंख्यक तथा पिछडिएको क्षेत्र बाट ७सय ८ मत पाप्त गरि जाकिर हुसेन तथा ६८२ मत पप्त गरि अब्दुल सहमत मिया जिवयी हुनु भएको छ ।
त्यसैगरि क्षेत्रिय प्रतिनिधि सेमलारबाट रामनाथ माली दलितवाट कृष्ण वहादुर सार्की र जनजातीबाट प्रम घसाल निर्विरोध हुनु भएको हो ।

कल ३४ सय मतदाता रहेको बुटवल उपमहानगरमा हिजो दिनभर मतदान भएको थियो भने रातीबाट आज दिनभर मतगणना गरिएको थियो ।