ओलीको सरकार २ वर्ष भन्दा बढी समय सम्म टिक्ने :मन्त्रि पासवान

1.3K

ओलीको सरकार २ वर्ष भन्दा बढी समय सम्म टिक्ने :मन्त्रि  पासवान

ब्रसेल्स /बेल्जियम

जनसंख्या तथा वातावरण मन्त्रि विसेन्द्र पासवानले के पी ओलीको सरकार २ वर्ष भन्दा बढी समय सम्म टिक्ने खुलासा गरेका छन | ओली सरकारले नेपालमा विकास तथा रास्ट्रवादको कुरामा अतुलनिय नजिर बनाउदै उत्तरी छिमेकी संगको सम्बन्ध अझै मजबुत बनाउने बताउनु भयको छ |
जारि भारतीय नाकाबन्दीले धेरैलाई चेत गरायको भन्दै उहाले अब छिट्टै उत्तर तर्फका ६ ओटै नाकाहरु संचालनमा आउने प्रस्ट पार्नु भयो |आफुहरु देशको सवालमा हिमालका एक थोपा पानि खायर बाच्न तयार रहेको तर कुनै पनि मित्र रास्ट्रका सामु हामि सिर निउरायर आत्महत्या नगर्ने जिकिर गर्नुभयो |

‘४ जनाले अहिले सिमा नाका बन्द गरिरहेका छन |अब नेपाल सरकारले यस्ता खालका नाजायज काम गर्नेहरुलाई कडाइका साथ् आफ्नो भूमिका निरबह गर्नेछ ‘मन्त्रि पासवानले भन्नुभयो’हिजोका दिनमा अलि खुकुलो भयको कारण अब धेरै दिन यो आन्दोलनलाई कडाईका साथ निर्मुल पार्नेछौ|’ मधेसमा भयको आन्दोलनलाई नाजायज मागको संज्ञा दिदै उहाले त्यस्ता माग पुरा नहुने बरु आफै तुहियर जाने प्रस्ट पार्नु भयको छ |

नेपाल उत्पीडित जातीय समाज ( नोप्स ) युरोपको दोस्रो अधिवेसनमा बोल्दै उहाले जनजाति मधेसी र दलितका मागहरु संविधानले सम्बोधन गरेको हुनाले सबैले एकपटक संबिधान पढेर मात्रै बिद्रोह गर्न आग्रह गर्नुभयो | मन्त्रि पासवानले अहिले मधेशमा अंगिकृत र जन्मसिद्ध नागरिकता प्राप्त गर्ने सशक्त भयको तर १२ १३ पुस्तासम्म बसेकाहरु दास र कमैयाको रुपमा बाच्नु परेको भन्दै मधेश आन्दोलनका नाममा सोझा साझा जनतालाई उपेन्द्र यादवहरुले प्रयोग गरिरहेको आरोप लगाउनु भयको छ |

मन्त्रि पासवानले नेपालमा दलितहरुप्रति को दृस्टीकोणमा परिवर्तन ल्याउनको लागि पहिले प्रत्यक मानिसको चेतना स्तरमा परिवर्तन ल्याउनु आवस्यक रहेको बताउदै सवै क्षेत्रबाट दलितहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो | देशमा जनजातिहरुको संघियता र पहिचानको माग लाइ इंकित गर्दै उहाले दलितहरु जनजाती बाटै सोषित र पिडित भयको हुदा पहिले उनीहरु परिवर्तनका साथ् नेपालि भयर आउनुपर्ने सुझाव दिनुभयो |

अधिवेसनमा बोल्दै उहाले अब नेपालमा छिट्टै नविकरणिय उर्जाका स्रोतहरुलाई प्रयोग गर्दै बिधुत उत्पादनमा लागि पर्ने बताउनुभयको छ | अस्ट्रियामा हावा बाट बिजुली निकाल्ने कुराको विस्तृत अध्ययन गरेर आफुले प्रधानमन्त्रिलाई यस बारेमा कार्ययोजना प्रस्तुत गर्ने बताउदै एन आर एन हरुलाई लगानी गर्ने अवसर जुटाइदिने सोच रहेको बताउनुभयको छ |

संघको अधिवेसनका लागि आउनु भयका मन्त्रि पासवान आज अन्तरास्ट्रिय दलित संगठनका प्रमुख संग भेट गर्ने कार्यक्रम रहेको छ | त्यस्तै गरेर अस्ट्रियामा रहेको नविकरणीय़ उर्जा केन्द्रमा गयर विस्तृत बुझ्ने र आइतबार नेपाल फर्कने कार्यक्रम रहेको छ