कक्षा १२ को परीक्षा सरेको छ । शिक्षक आन्दोलनका कारण बैशाख ११ गतेदेखि तय गरिएको परीक्षा सरेको हो । अब उक्त परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
मंगलबार बिहान बसेको बोर्ड बैठकले शिक्षकलाई परीक्षामा सहभागी हुन आग्रह गर्दै सहभागी नभए कर्मचारीको सहयोगमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा परीक्षा सारिएको हो ।
कर्मचारी खटाएर परीक्षा सञ्चालन गर्ने भनेपछि आन्दोलनरत नेपाल शिक्षक महासंघले केन्द्राध्यक्ष, प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीलाई परीक्षा बहिष्कार गर्दै आन्दोलनमा सहभागी हुन काठमाडौं बोलाएको थियो ।