आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच वार्ता हुँदैछ । सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र मन्त्रालयको तर्फबाट शिक्षा सचिव दिपक काफ्लेले महासंघलाई वार्तामा बोलाएपछि आन्दोलनरत शिक्षक पनि वार्ताका लागि तयार भएका हुन् ।
दिउँसो ३ बजे बोलाईको वार्ताका लागि शिक्षक महासंघका प्रतिनीधिहरु मन्त्रालय पुगिसकेका छन् । सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री पन्तले गर्नुहुनेछ । महासंघकी सहअध्यक्ष तथा वार्ता टोलीकी संयोजक नानुमायाँ पराजुलीले नवनियुक्त मन्त्रीले बोलाएकाले जान लागेको प्रतिक्रिया दिनुभएको थियो ।
यसअघि बिहीबार सर्वोच्च अदालतले शिक्षकको माग तीन दिन भित्र सम्बोधन गरेर पठनपाठनको वातवरण बनाउन सरकारलाई आदेश दिएको थियो । नेपाल शिक्षक महासंघ गएको चैत २० गतेदेखि निरन्तर आन्दोलनमा छ ।