काठमाण्डौमा शिक्षक–प्रहरी झडप

1.3K

काठमाण्डौमा शिक्षक–प्रहरी झडप

आन्दोलनरत शिक्षकले निषेधित क्षेत्र प्रवेश गर्न प्रहरी ब्यारिकेड तोडेपछि प्रहरीसँग झडप भएको छ । नयाँ बानेश्वरमा शिक्षकहरूले प्रहरी ब्यारिकेड भत्काएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । शिक्षकहरुलाई रोक्न प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो भने भिडबाट ढुंगामुढा प्रहार गरिएको थियो ।
शिक्षकलाई रोक्नका लागि सामान्य लाठीचार्ज र पानीको फोहोरा हानीएको र उक्त घटनामा ७ जना शिक्षक घाइते भएको प्रहरीले जनाएको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने करिब ६० जना शिक्षक घाइते भएको बताउनु भएको छ । उहाँका अनुसार घाईते शिक्षकहरुलाई सिभिल अस्पताल, एभरेस्ट अस्पताल र ट्रामा सेन्टरमा उपचार गराईएको छ ।
विद्यालय शिक्षा विधेयक जारीलगायतका माग राख्दै देशभरका शिक्षक कर्मचारी चैत २० देखि आन्दोलनमा छन् । सरकारले वार्ताको प्रयास गरे पनि सफल हुन सकिरहेको छैन ।