रुपन्देहीकाे रामापूरमा घरमा अाएर गाेलि हान्दा १ काे मृत्यु

595

रुपन्देहीकाे रामापूरमा घरमा अाएर गाेलि हान्दा १ काे मृत्यु

बुटवल माघ /रुपन्देहीकाे रामापूरमा गाेलि लागि १ जनाकाे  मृत्यु भएकाे छ । गएराती अपरिचित २ जनाले सैनामैना नगरपालिका १० रामापुर शान्तिटोल निवासी ३४ बर्षीय खगिश्वर काफ्लेलाई उनकै घरकै दैलाेमा हत्या गरेका हुन् ।उनीहरु मोटरसाइकलमा सवार रहेकाे बुझिएकाे छ । छातिमा गोलि लागेर गम्भिर घाइते भएका काफलेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले नागरिक आवाजलाइ जानकारी दिए ।चिठि दिने नाममा राति करिब ८ बजेको समयमा मृतक काफ्लेलाई घरबाहिर बोलाए लगत्तै गोलि प्रहार भएको थियो ।  काफ्लेको श्रीमती सँगै ७ बर्षीय छोरी र ५ बर्षीय छोरा रहेका छन् ।उनी बैदेशिक रोजगारीबाट घर फर्केर अहिले पुन बिदेश जाने तयारीमा थिए ।घरमा मधेशी मुक्ति टाइगर तराईकाे प्रचा भेटिएकाे प्रहरीले जनाएकाे छ। थप अनुसन्धान भैरहेकाे प्रहरीकाे भनाइ छ