कक्षा १२ को परीक्षा सुरु

1.3K

कक्षा १२ को परीक्षा सुरु

कक्षा १२ को परीक्षा सुरु भएको छ । शिक्षक आन्दोलनका कारण रोकिएको परीक्षा आज बैशाख २१ गते आईतबारदेखि सुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्डका देशभरका परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो ।
परीक्षामा ५ हजार २०२ विद्यालयका नियमिततर्फ १ लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी ३ लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना गरी कुल ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी छन् ।
आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षाका लागि त्यत्ति नै संख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी संख्याका आधारमा कर्मचारी र सुरक्षा कर्मी परिचालन गरिएको छ । परीषाको पहिलो दिन आज आईतबार अनिवार्य अंग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा भएको छ ।